विरामी ठगी गर्ने दुई दलाल पक्राउ - Pahilo Online

विरामी ठगी गर्ने दुई दलाल पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर । बिरामी ठगी गर्ने दुई जना दलाललाई मोरङ प्रहरीले बुधबार विराटनगरबाट पक्राउ गरेको छ ।  क्लिनिकहरुले दलाललाई दिने कमिसनको लोभमा विरामीहरुलाई ठगी गर्नेहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

सादा पोशकमा खटिएको प्रहरीले सप्तरीको राजबिरज घर भई विराटनगरमा डेरा वस्ने ३२ वर्षीय सिताराम सरदार र जनकपुर घर भइ विराटनगर बस्ने उमेश महतोलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरुले दलालले उपचारको लागि विराटनगर आएका विरामीलाई हस्पिटल चौकमा रहेको राजु साहले सञ्चालन गरेको नेशनल क्लिनिकमा जबरजस्ती र झुक्याएर लैजाने गरेका थिए ।

विरामीलाई लगेवापत क्लिनिकले दलाललाई एक पटकमा ५ सय रुपैयाँ दिने गरेको पाइएको प्रहरीले जनाएको छ । विराटनगरको हस्पिटलमा चौकमा रहेको अधिकांश क्लिनिक र कतिपय निजी अस्पतालहरुले पनि विरामी ल्याउन कमिसन दिएर दलालहरु परिचालन गर्ने गरेका छन् ।

ती दलालहरुले विराटनगरको बसपार्कसहितका विभिन्न स्टेण्डमा बसेर विरामीलाई झुक्याएर आफ्नो कमिसन आउने क्लिनिक तथा अस्पतालमा लैजाने गरेका छन् । यसरी दलाल प्रयोग गरी विराटनगरमा क्लिनिकले विरामी ठगी गरेको पाइएपछि मोरङ प्रहरीले विशेष निगरानी गर्दै आएको जनाएको छ ।

पक्राउ परेका दलाललाई प्रहरीले थप अनुसन्धानपछि मात्र मुद्दा चलाउने मोरङ प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes