प्रदेसस्तरीय क्यान इन्फोटेक सुरु - Pahilo Online

प्रदेसस्तरीय क्यान इन्फोटेक सुरु

writer

पहिलो अनलाइन

इटहरी । सुनसरीको इटहरीमा सूचना प्रविधिका क्षेत्रमा विश्वमा भईरहेका नयाँनयाँ गतिविधि र प्रयोगका विषयमा जानकारी दिने उद्देश्यले प्रदेस नम्वर १ स्तरीय सूचना प्रविधि मेला सुरु भएको छ ।

विश्व बजारमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको ५ दिने मेलाको बुधबार मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो ।

क्यान महासंघको सहयोग तथा क्यान सुनसरीको आयोजनामा सुरु भएको मेलामा आईटी क्षेत्रसँग सम्वधिन विभिन्न कम्पनीहरुका मोबाईल, ल्यापटप, लायत डिभाईसहरु र अन्य सामान प्रदर्शनमा राखिएको छ । इटहरीको जनता प्राथमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको मेलामा सूचना प्रविधिका विभिन्न ९६ वटा स्टल रहेको छ ।

मेलाबाट उपभोक्ताका साथै विक्रेताहरुसमेतले लाभ लिने आयोजक संस्थाले अपेक्षा गरेको छ । मेलामा सूचना प्रविधिका विषयमा व्यवसायी र उपभोक्ताहरुले प्रत्यक्ष जानकारी हासिल गर्ने सक्ने बताइएको छ ।

मेलाको उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरुले सुचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै विद्यालय तहदेखि नै यसलाई पठनपाठन गराउनुपर्नेमा जोड दिए । उनीहरुले तीनै तहका सरकारहरु पनि सूचना प्रबिधिमैत्री हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा मुख्यमन्त्री राई, प्रदेश उपसभामुख सरस्वती पोखरेल, प्रदेसभा सदस्य लिलम वस्नेत , क्यान महासंघ केन्द्रीय अध्यक्ष हेमन्त चौरसिया, क्यान प्रदेस नम्वर १ संयोजक देवकुमार सुव्वा, क्यान सुनसरी अध्यक्ष बलराम भण्डारीले बोलेका थिए । मेलामा विक्रीका लागि राखिएका सुचना र प्रविधि सामाग्रीहरुमा छुटको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes