रकम हिनामिना गर्ने जेल चलान - Pahilo Online

रकम हिनामिना गर्ने जेल चलान

writer

पहिलो अनलाइन

बेलबारी । मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाले सर्बसाधारणबाट संकलन गरिएको रकम हिनामिना गरेको आरोपमा थुनामा परेकोमध्ये ४ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सहकारीका अध्यक्ष देबेन्द्र मास्के भने १५ लाख धरौटीमा छुटेका छन । सहकारीको रकम हिनामिना गरेको आधारमा मास्केसहित ५ जना पक्राउ परेकोमा ४ जना जेल चलान भएका हुन् ।

सहकारीको ९४ लाख रकम हिनामिना भएको भन्ने उजुरीका आधारमा ब्यबस्थापकसहित ५ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो । सहकारी संस्थाका सचिव नेत्रकुमार श्रेष्ठ, लेखा समितिका संयोजक भरत श्रेष्ठ, ब्यवस्थापक बिमला राई र कर्मचारी आश्मा चौलगाईलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

सहकारी संस्थाले आव २०७३/०७४ र आब ०७४/७५ को लेखापरिक्षणसमेत नगरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दुई आर्थिक वर्षमा सहकारीले ३१ लाख रुपैयाँभन्दा बढिको कारोबार गरेको भएपनि त्यो रकम कहाँ गयो भन्ने देखाइएको छैन ।

सहकारीको रकम हिनामिनाको विषयमा सञ्चालक समितिका पदाधिकारी र कर्मचारीबीच जुहारी चल्दै आएको थियो । सहकारीका कर्मचारीहरुले कार्यसमितिले लगाएको काम गरेको बताउँदै आएका छन् भने पदाधिकारीहरुले कर्मचारीलाई दोष दिएका छन् ।

२०७० सालयता सहकारीमा आव २०७०/७१ र २०७१/७२ मा मात्र ६३ लाख रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो अवधिको अडिट भने डोरमणि डाँगीले गरेका थिए । अडिट गर्ने डाँगीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes