विद्या भण्डारी नै राष्ट्रपति निश्चित - Pahilo Online

विद्या भण्डारी नै राष्ट्रपति निश्चित

writer

विराटनगर । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो ।

राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । तर, अध्यक्ष केपी ओलीको जोडबलमा भण्डारीको नाममा सहमति जुटेको छ ।

भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बन्नुभएको थियो । दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग लबिङ गर्दै आउनुभएको थियो ।

भण्डारीको कार्यकाल छोटो भएको भन्दै एमालेमा ओलीपक्षीय नेताहरुले उनलाई दोहो¥याउनुपर्ने मत सुरुदेखि नै राख्दै आएका थिए । अन्य नेताहरुले भने सेरोमोनियल पदमा दोहोरिनुको अर्थ नहुने भन्दै अर्कोलाई अवसर दिनृुपर्ने मत राखेपनि अन्तिममा भण्डारीकै पक्षमा सहमति जुटेको हो ।

राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । राष्ट्रपतिको निर्वाचन भने फागुन २९ गते हुनेछ । प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरको निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्नेछ । दुबै संसदमा बाम गठबन्धनको करिब दुईतिहाई मत रहेकोले भण्डारी राष्ट्रपति बन्ने निश्चित भएको छ ।

नेपाली कांग्रेसले भने कसलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छैन । कांग्रेसले भण्डारीले पदमा रहेर असंवैधानिक काम गरेको भन्दै उनी उम्मेदवार भए प्रतिष्पर्धामा उत्रने बताउँदै आएको छ ।

गणतन्त्र घोषणापछि पहिलो राष्ट्रपति डा.रामवरण यादवले ७ वर्षभन्दा लामो कार्यकाल विताएका थिए भने भण्डारीको कार्यकाल पनि यादवकै जस्तो लामो हुने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes