प्रहरीलाई नै धम्की दिएपछि ‘डन’ एलिस गुरुङ छुट्न पाएनन् - Pahilo Online

प्रहरीलाई नै धम्की दिएपछि ‘डन’ एलिस गुरुङ छुट्न पाएनन्

पक्राउ परेका एलिस गुरुङ फागुन ११ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा

writer

विराटनगर । विराटनगरका ‘डन’एलिस गुरुङका विरुद्धमा अर्को मुद्दा दर्ता भएको खुलेको छ । विराटनगरस्थित गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतलाई कुटपिट गरेको आरोपमा उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलेको थियो । उनले धरौटी बुझाएको भएपनि उनी अहिले प्रहरी हिरासतमै छन् ।

मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले गुरुङले अदालतमा धरौटी बुझाएको विषयमा आफूहरुलाई जानकारी नभए पनि व्यवसायी भगतले पुनः अर्को मुद्दा दर्ता गरेको कारण हिरासतमै राखिएको जानकारी दिनुभयो ।

‘उहाँलाई पक्राउ गर्ने क्रममा सहयोग गर्नुको सट्टा असहयोग गर्ने गरी गतिविधि पनि गर्नुभएको थियो,’ एसपी बिसीले भन्नुभयो, ‘व्यवसायीलाई अदालतमा मुद्दा परिसकेपछि पनि मुद्दा फिर्ता लिन दबाब र धम्की दिने गरि गुरुङले गतिविधि गरेको भन्दै पुनः मुद्दा परेको कारण उनलाई छोड्न सकिएको छैन ।’

प्रहरी स्रोतका अनुसार हिरासतमै रहँदा पनि प्रहरी अधिकारीलाई गुरुङले धम्क्याएको बताइएको छ । प्रहरीले धरौटीमा रिहा गर्ने मनशायका साथ प्रक्रिया अगाडि बढाएको थियो । तर, गुरुङले उल्टै धम्की दिन थालेपछि उक्त प्रक्रियाबाट प्रहरी पनि हच्किएको बुझिएको छ ।

विगतमा गुण्डागर्दीमा परिचय बनाएका एलिस हाल भने होटल व्यवसायीको रुपमा परिचित थिए । गुरुङले गत माघ ५ गते विराटनगरका व्यापारी पशुपति भगतलाई लेनदेनको विषयलाई लिएर मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप छ । मोरङको कर्सियामा रहेको जग्गाको विषयमा गुरुङसँग भगतको विवाद भएपछि उनीमाथि आक्रमण भएको बताइएको छ ।

पक्राउ परेका गुरुङ विरुद्ध सार्वजनिक अपराधको मुद्दा चलिरहेको प्रहरीले जनाएको छ । गुरुङलाई प्रहरीले विराटनगरबाट गत फागुन ११ गते शुक्रबार पक्राउ गरेको थियो । हाल उनी मोरङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes