४५ लाख नगदसहित भारतीय नागरिक पक्राउ - Pahilo Online

४५ लाख नगदसहित भारतीय नागरिक पक्राउ

हुण्डि कारोबारीले रकम भरियामार्फत पठाएको हुनसक्ने प्रहरीको अनुमान

writer


विराटनगर : मोरङ प्रहरीले नेपाली रुपैयाँ ४५ लाख नगद र एउटा कारसहित मंगलबार विराटनगरबाट एक भारतीय नागरिक पक्राउ गरेको छ ।
अवैध रुपमा लुकाइ छिपाइ भारतबाट जोगबनी नाका हुँदै विराटनगर उक्त रकम ल्याउने भारत अररिया फरबिसगंन्ज १ का ४५ वर्षीय नारायण शाह पक्राउ परेका हुन् । साहले चलाएको बिआर ११ एए ६२६५ नम्बरको सेतो रंगको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । साहले कार चालक हुन् ।

भारतबाट अवैध ढंगले लुकाएर रकम लिएर नेपाल छिरेको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा मंगलबार बिहान विराटनगर १५ बाट बिहान ८ बजे पक्राउ गरेको हो ।

चालकको सिट मुनी लुकाएको अवस्थामा रकम फेला परेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले दिउँसो पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

बरामद नोटहरुमा १ हजार दरका ३४ सय थान, ५ सय दरका २१ सय थान र १ सय दरका ५ सय थान नोट रहेको छ । विराटनगरमा हुण्डि कारोबार फास्टाइरहेको खबरहरु सार्वजनिक भइरहेका बेला यति ठूलो रकमसहित उक्त रकमसहित भारतीय नागरिक पक्राउ परेका हुन् । प्रहरीले हुण्डी कारोबार गर्नेहरुले नै कारण यति ठूलो रकम नेपाल पठाएको हुनसक्ने आशंका गरेको छ ।

एसपी बिसीले आवश्यक अनुसन्धान पछि सम्पत्ती शुद्धिकरण विभाग, राजस्व अनुसन्धान या मुद्रा अपचलन विनियम अन्तर्गत मुद्दा चलाइने टुंगो लाग्ने बताउनु भयो ।

यसअघि फागुन ११ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान महाशाखा (सिआइबी)ले २ करोड ८६ लाख ५ सय २५ रुपैयाँ नगदसहित विराटनगरका सीताराम लुइँटेललाई पक्राउ गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes