‘हामी जस्तालाई हेला नगर’ - Pahilo Online

‘हामी जस्तालाई हेला नगर’

माओवादीद्वारा संचालित सशस्त्र युद्धका क्रममा घाइते भएर ह्वील चियरमा जीवन विताइरहेका राजन बराइलीले नेतालाई भने हामीजस्ता पीडितलाई हेला नगर्नुहोला

writer

इटहरी । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा माओवादी सशस्त्र युद्धमा सहभागी भएर ह्वील चियरको सहारामा जीवन बिताइरहेका राजन बराइली (रमेश)ले घाइतेलाई हेला नगर्न सुझाव दिए ।

उनै बराइलीलाई आर्थिक सहयोग गर्न नेपाल जनप्रगतिशील मञ्च क्षेत्रीय समिति अवधावी युएइले गरेको कार्यक्रममा बराइलीले आफू जस्ता युद्धका घाइतेलाई पार्टी र नेताले बिर्सदै गएको सुनासो गरे । ‘हामीजस्ता सयौं योद्धाको बलिदानपछि देशमा गणतन्त्र आयो तर, हामीलाई पार्टीले बिर्सियो,’ उनले भने, ‘खाडी राष्ट्रमा पसिना बगाएर जसरी साथीहरूले मलाई सम्झिनु भयो, यसले मलाई जीवन जिउने थप आस पलाएको छ ।’ उनले आफूजस्ता घाइते, अपाङ्गता भएकाहरूलाई राहत प्रदान गर्न पार्टी र सरकारलाई सुझाव पनि दिए ।

२०४० सालमा भोजपुरको याकुमा जन्मिएका बराइली अखिल क्रान्तिकारी विद्यालय प्रारम्भिक कमिटिको कोषाध्यक्ष हँुदै जनयुद्धमा होमिएका थिए । २०५८ सालमा पूर्णकालीन कार्यकर्ता भएर हिंडेपछि क्षेत्रीय कमिटि सदस्य हुँदै जनमुक्ति सेनाको प्लाटुन कमाण्डर हुँदै बटालियन भाइस कमाण्डरसमेत भए । उनले भोजपुर, बन्दीपुर, मलङ्गवालगायतका भिडन्तमा सहभागी भएका थिए । सर्लाहीको मलङगवामा भएको भिडन्तमा उनी घाइते भएका हुन् । उनी यतिबेला ह्वील चियरको भरमा हिंडडुल गर्दछन् । बराइली ह्वीचियरमै बसेर इटहरीको एक ज्वेलरीमा गहना बनाउने काम गरेर आफ्नो गुजारा चलाइरहेका छन् ।

उनै बराइलीलाई नेपाली जनप्रगतिशील मञ्च क्षेत्रीय समिति अबुधावी युएइले ५० हजार रुपैयाँ आर्थिक सहयोगसहित सम्मान गरेको छ । मञ्चका उपाध्यक्ष रामकुमार तिरुवाको पहलमा माओवादी केन्द्र इटहरी उपमहानगर कमिटिको समन्वयमा सो रकम प्रदेश नम्बर एकका उपसभामुख सरस्वती पोखरेलमार्फत सोमबार बराइलीलाई प्रदान गरिएको हो । रकमका साथमा बराइलीलाई जनयुद्धमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मानसमेत गरिएको छ । कार्यक्रममा बोल्दै बराइलीले आफूलाई सहयोग गर्ने मञ्चलाई धन्यवाद दिए ।

कार्यक्रममा १ नम्बर प्रदेशसभाकी उपसभामुख सारदा पोखरलले जनयुद्ध, जनआन्दोलन र विभिन्न राजनीतिक आन्दोलनमा घाइते, अपाङ्गता भएकाहरुको जिम्मा अब सरकारले लिने आश्वासन दिए । मञ्चका उपाध्यक्ष तिरुवाले आफूहरुले जनयुद्धका घाइतेलाई सम्झेर संस्था गठन गर्दै अरुलाई पनि आर्थिक सहयोग गर्दै आएको जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes