१२ मावि निलै निल के हो यस्तो ? - Pahilo Online

१२ मावि निलै निल के हो यस्तो ?

शिक्षा सुधारको माग गर्दै भोजपुरका झुरेन्द्र पराजुली झरे प्रदेशको राजधानी र मुख्यमन्त्रीलाई घच्घच्याए

writer

विराटनगर । १ वर्ष होइन, २ वर्ष होइन १२ वटा मावि निलै निल छन् । कहिले १ जना पास हुन्छन् १० देखि १५ प्रतिशत नतिजा राम्रो ल्याएको देखेको छैन । जिल्लाभरमा ५० प्रतिशत नतिजा कटाउने विद्यालय एउटा पनि छैन यस्तो शिक्षा प्रणालीलाई सुधार गर्नुप¥यो ।

भोजपुरको आम्तेकबाट मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन विराटनगर झरेका शिक्षा सुधार अभियानका अभियान्ता झुरेन्द्र प्रसाद पराजुलीले सिंगो क्याबिनेट सदस्यलाई आइतबार एकबिहानै यसो भन्दै झक्झक्याए ।
‘खाली दरबन्दीमा श्रीमति भित्र्याउने, विषयगत शिक्षक नराख्ने, आफन्तलाई भर्ति गर्ने, घुषखोरीलाई प्रश्रय दिइनु अहिलेको विद्यालयको दिनचर्या जस्तै भएको छ,’ झुरेन्द्रले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउँदै भने, ‘कक्षा १ बाटै गुणस्तरीय शिक्षा सुरु गरौं, छिटोभन्दा छिटा शैक्षिक गुणस्तरको योजना बनाउँ ।’

क्याबिनेटको बैठक बस्नु अघि पुगेका उनले मुख्यमन्त्री शेरधन राईलाई शिक्षा सुधारका लागि विभिन्न सुझावसहितको ध्यानाकर्षण पत्रसमेत पेश गरे । मुख्यमन्त्री राईको वरिपरि प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो र सामाजिक विकासमन्त्री जीवन घिमिरे बसिरहेका थिए ।

मन्त्री पदमा पहिलो पटक सपथ खाएर निर्णय गर्दा सामाजिक विकासमन्त्री जीवन घिमिरेले विद्यालय सुधारको प्रयासस्वरुप केही निर्णय गरेका थिए । त्यही भएर पनि अभियान्ता पराजुलीका कुरा घिमिरेले ध्यानपूर्वक सुनिरहेका थिए । झुरेन्द्रले लगातार आफ्ना गुनासो सुझाइरहेका थिए । ‘मैले आन्दोलन सुरु गरेको २५ वर्ष भयो, नतिजा लगातार खस्किरहेको छ,’ उनले भने, ‘आन्दोलन सुरु गरेपछि नै भोजपुरका ७, ८ हुँदै १२ माविसम्म लगातार निल भएका छन्, मेरो कुरालाई कसैले गम्भिरतापूर्वक नलिँदा अहिले गाउँका विद्यालयका बालबालिकाको स्थिति अझै नाजुक बनिरहेको छ ।’ उनले अंग्रेजी, गणित, विज्ञान अनसन कार्यक्रम गर्दै आएको बताए ।

‘अबको शिक्षा नीतिबारे प्रदेश सरकार गम्भिर हुनुप¥यो, प्रदेश सरकार गम्भिर नभए स्थिति अझै नाजुक हुन्छ,’ उनले भने, ‘कक्षा १ बाट १२ वर्षे र २ बाट १२ सम्म १ वर्षे योजना बनाइ शैक्षिक गुणस्तरको सफल कार्यक्रम बनाइ यस १ नम्बर प्रदेशबाट नै सुरु गरियोस् ।’ उनको सुझाव सुनेपछि प्रदेशका मुख्यमन्त्रीले आफूले शैक्षिक सुधारका लागि आवश्यक पहल गर्ने बताए । ‘तपाईले जिल्लाको कुरा गर्नुभएको छ,’ मुख्यमन्त्री राईले भने, ‘मैले प्रदेशभरका विद्यालयको सुधारका लागि आवश्यक योजना बनाउने तयारी गरेको छु ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes