रकम फिर्ता नपाएपछि सहकारीमा ताला - Pahilo Online

रकम फिर्ता नपाएपछि सहकारीमा ताला

१५ दिनभित्र फिर्ता गर्ने सञ्चालकको प्रतिबद्धता

writer

सहमति पत्रमा हस्ताक्षर गर्दै सञ्चालक र बचतकर्ताहरु

विराटनगर, २० फागुन। विराटनगरको प्राइम सहकारी संस्थाले बचत भुक्तानी नदिएको भन्दै सहकारीका बचतकर्ताहरुले सहकारीमा तालाबन्दी गरेका छन् ।

सहकारीले लामो समयदेखि बचत नदिएर झुक्याएको भन्दै बचतकर्ताले सहकारी डिभिजन कार्यालय मोरङमा उजुरीसमेत दिएका छन् ।

विराटनगर १३ का मंगतराम जिन्दलले आपूmले दैनिक ५ सय रुपैयाँको दरले विगत एक वर्षदेखि प्राइम सहकारीमा बचत गर्दै आएको बताउनुभयो । असोजयता भने सहकारीले बचत भुक्तानी दिन आलटाल गरेको उहाँको गुनासो छ ।

विराटनगर ९ का सुलभ अग्रबालले पनि सहकारीमा करिब ५ लाख रुपैयाँ बचत जम्मा गरेको बताउनुभयो । आफूहरु बचत रकम माग गर्दा असोजदेखि आफूहरुलाई आलटाल गर्दै झुक्याएको उनीहरुको गुनासो छ । विराटनगर १३ की रन्जनादेवी धुतले आपूmले सहकारीमा वर्ष दिनमा १ लाख ८ हजार रुपैयाँ बचत जम्मा गरेको बताउनुभयो । सहकारीले बचत भुक्तान गर्न आलटाल गरेपछि उजुरी गर्न आफूहरु बाध्य भएको पीडितहरुले गुनासो गरेका छन् ।

सहकारीमा बचत जम्ममा गर्ने अधिकांशको अवस्था उस्तै छ । कसैले जम्मा गरेको बचत रकम समयमा फित्र्ता पाउने गरेको छैन । उनीहरु दशैं अगाडिदेखि सहकारी सञ्चालकलाई बचत रकम भूक्तानीको माग गर्दै आएको भएपनि सहकारी सञ्चालकले पन्छाउ“दै आएका थिए ।

सहकारीका सचिव किशोर श्रेष्ठले भने साउन अन्तिम साता आएको बाढीले बचत संकलनमा समस्या आएको र बचत जम्मा गर्नेहरु एकै पटक भुक्तानी माग गर्न थालेपछि समस्या भएको बताउनुभयो । सहकारीमा भएको रकम भुक्तानी दिएको र बा“की रकम भुक्तानीका लागि राष्ट्रिय सहकारी बैंकमा माग गरेको उहाँले बताउनुभयो ।

सहकारीका अध्यक्ष बिष्णुलक्ष्मी श्रेष्ठ बिरामी भएको र उपाध्यक्ष बिष्णुप्रसाद सुवेदी नेपाल टेलिकमको कर्मचारी भएकोले आपूm एक्लैलाई समस्या समाधान गर्न नसकेको सचिब श्रेष्ठको भनाइ छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख रामप्रसाद चापागाईंले आपूmकोमा उजुरी आएपछि सहकारी सञ्चालक र पीडित पक्षबीच आइतबार छलफल गराएर १७ दिनभित्र भुक्तानी दिने भनी दुबै पक्षस“ग कागज गराएको जानकारी दिनुभयो ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै सहकारीका सचिव श्रेष्ठले १५ दिन भित्रमा रकम भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाएका छन् । ७ सय ७३ सेयर सदस्य रहेको सहकारीले सेयर पूँजी १ करोड ४ लाख, निक्षेप संकलन ७ करोड र ऋण परिचालन ९ करोड रुपैयाँ गरेको जनाएको छ ।

डिभिजन सहकारीको तथ्याङ्क अनुसार सहकारीको गत आर्थिक वर्षमा सेयर पूँजी ७० लाख १३ हजार ५०, बिभिन्न कोषमा १६ लाख ३७ हजार ६८, ऋण लगानी ८ करोड २१ लाख ३ हजार ८ सय ४० रुपैयाँ भएको देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes