प्रतिनिधिसभा सांसदहरुले सपथ लिए - Pahilo Online

प्रतिनिधिसभा सांसदहरुले सपथ लिए

writer

पहिलो अनलाइन

काठमाडौं, २० फागुन । निर्वाचित भएको करिब ३ महिनापछि प्रतिनिधिसभा सदस्यहरुले आइतबार सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य राजपाका महन्थ ठाकुरले सांसदहरुले सपथ गराउनुभएको हो ।

सांसदहरुलाई सपथ गराउनु अगाडि ठाकुरले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष सपथ लिनुभएको थियो । नागरिकताको आधारमा राजपाका महेन्द्र यादव जेष्ठ सदस्य भएपनि आफ्नो वास्तविक उमेर कम भएको भन्दै उनी सपथमा उपस्थित नभएपछि ७५ वर्षीय ठाकुरले सपथ गराउनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा सांसदहरुलाई लागो पनि वितरण गरिएको छ । सपथ अगाडि संसदका महासचिब मनोहरप्रसाद भट्टराईले सांसदहरुलाई स्वागत गर्नुभएको थियो ।

शपथ लिनका लागि सांसद्‌हरु नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विभिन्न जातीय पहिचान झल्कने भेषभूषामा सजिएर पुगेका थिए ।  शपथ ग्रहणका लागि नेपाल प्रहरीको खोजीको सूची रहेका एमाले सांसद् नवराज सिलवाल पनि सहजै संसद् भवन छिरे । उनी एमाले नेता माधव नेपालको गाडी चढेर गएका हुन् । पूर्वडिआईजी सिलवालमाथि आईजीपी बढुवाका बेला कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको आरोप छ ।

थुनामा रहेको कारण कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीले भने सपथ लिन पाएनन् । उनी कारागारमा छन् ।

केहीबेरपछि प्रतिनिधि र राष्ट्रिय सभाका निर्वाचित सांसद्को शपथ ग्रहण हुँदैछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes