हिस्टानको प्रदेश समिति गठन - Pahilo Online

हिस्टानको प्रदेश समिति गठन

writer

पहिलो अनलाइन

बेलवारी, २० फागुन । माध्यमिक शिक्षक एसोसिएसन नेपाल (हिस्टान) को पहिलो पटक १ नम्बर प्रदेशस्तरीय प्रदेश सम्मेलन आयोजक समिति गठन भएको छ ।

मोरङको सुन्दर हरैचा स्थित रहेको सुकुना माध्यमिक विद्यालयमा शनिबार भएको प्रदेशका +२ पढाउने शिक्षकहरुको भेलाले नयाँ समिति गठन गरेको हो ।

मोरङका राजेश बस्नेतको संयोजकत्वमा बनेको प्रदेश सम्मेलन आयोजक समितिको सह–संयोजकमा झापाका टिकाराम पौडेल रहनुभएको छ भने सदस्यहरुमा कृष्ण लिम्बु (ताप्लेजुङ), नरेन्द्र संग्रौला (पाँचथर), भिमप्रसाद भट्टराई (झापा), डम्बर बाराकोटी (संखुवासभा), नगेन्द्र भट्टराई (धनकुटा), नबेस हमाल (भोजपुर), कैलास दाहाल (मोरङ), सन्तोश दाहाल (सुनसरी), सोमनाथ पौडेल (ओखलढुंगा), अर्जुन दाहाल (खोटाङ), पूर्णकुमारी प्रधान (भोजपुर), हरीकुमार श्रेष्ठ (झापा), तुलसी खतिवडा (मोरङ), नुमादेवी ओझा (मोरङ) र नेत्रप्रसाद ढकाल (मोरङ) रहेका छन् ।

मागहरु प्लस टुतर्फ दरबन्दी अनुदानमा रहेका शिक्षकहरुलाई तत्काल प्रदेशभरी सरुवाको व्यवस्था मिालाउनुपर्ने, प्लस टुमा कार्यरत शिक्षकहरुलाई केन्द्रिय सरकारसँग समन्वय गरी कार्गरत पदमा बिषेस प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग भेलाले गरेको छ । नवगठित समितिले जेठ मसान्तभित्र सम्मेलन गर्ने संयोजक राजेश बस्नेतले बताउनुभयो ।

अहिले ११ र १२ कक्षामा पढाउने शिक्षकहरु नेपालभर करिब ३० हजारको हाराहारीमा रहेका छन् । तर, उनीहरुले त्यस अनुसार सेवा र सुविधा पाएका छैनन् ।

सरकाले अहिले विद्यालय तहलाई १ देखि ८ आधारभुत तह र ९ देखि १२ कक्षासम्म मध्यमिक तहको रुपमा बर्गीकरण गरेको छ । विद्यालयको सञ्चालन र व्यवस्थापनको अधिकार स्थानीय तहलाई छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes