दाइजो विरुद्ध मुस्लिम आवाज - Pahilo Online

दाइजो विरुद्ध मुस्लिम आवाज

writer

पहिलो अनलाइन

इनरुवा, २० फागुन। समाजमा विकृतिको रूपमा फैलिएको दाइजो प्रथा अन्त्य हुनुपर्नेमा सुनसरीका मुस्लिम अगुवाले जोड दिएका छन् । सुनसरीको कोशी गाउँपालिका स्थित नहर चौकमा आयोजित समाज सुधारक विषयका कार्यक्रममा बोल्दै उनीहरूले समाजमा प्रमुख समस्याको रूपमा रहेको दाइजो प्रथा सदाका लागि अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।

ईस्लामिक संघ कोशी जोनले आयोजना गरेको कार्यक्रममा एक नम्बर प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले विकास र समृद्धिको लागि सबै समुदायको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

काठमाडौं, बिराटनगर, जनकपुर र भारतका विभिन्न स्थानका गरि ५ हजार बढीको उपस्तिथि रहेको कार्यक्रममा बोल्ने मुस्लिम अगुवाहरुले दाइजो, भ्रष्टाचार र ऋणबाट मुक्त हुन सबै समुदाय एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न मदरसामा अध्ययनरत विद्यार्थीहरुले तकरिर, नज्म, नाटकलगायतको माध्यमबाट दाइजो, भ्रष्टाचार र ऋणबाट समाजमा परेको असर देखाएका थिए ।

कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, वडा नम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरी, ईस्लामिक संघ नेपालका अध्यक्ष खुर्सिद इस्लाही, मौलाना वासिक, मौलाना मुस्तकिमलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट तकरिर, नज्म तथा प्रस्तुती गर्ने विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes