प्रदेश सरकारले पुरक बजेट ल्याउँदै - Pahilo Online

प्रदेश सरकारले पुरक बजेट ल्याउँदै

सय दिने कार्ययोजना सार्वजनिक गर्ने तयारी

writer

मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता कार्की

विराटनगर, २० फागुन । प्रदेश नं. १ को सरकारले चालू आर्थिक वर्षको लागि चैत १५ गते बजेट सार्वजनिक गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक बर्षको लागि बजेटको तयारी गर्ने निर्णय गरेको हो ।

बजेट तयारी गर्न बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई जिम्मा दिएको छ । आगामी असारसम्मको लागि प्रदेश सरकारले बजेट ल्याउने भएको हो । आगामी आर्थिक वर्षको लागि भने प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक प्राबधान छ ।

आइतबारकै बैठकले सरकारले आगामी सय दिनमा गर्ने कामको सुची पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सय दिनमा सरकारले गर्ने कामको सुची फागुन २२ गते सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले प्रदेशभरी लागू हुनेगरी आन्तरिक क्यालेण्डर पनि निर्माण गर्ने भएको छ । प्रदेशका सार्वजनिक विदाको यकिन गर्न आन्तरिक क्यालेण्डर निर्माण गर्नको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिबको संयोजकत्वमा मन्त्रीपरिषद कार्यालयका उपसचिब, सामाजिक विकास मन्त्रालयका उपसचिब र एक पञ्चांग विज्ञ रहनेगरी समिति क्यालेण्डर निर्माण सुझाब समिति निर्माण गरिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

सोही बैठकले विराटनगर–धरान सडक सुधार आयोजना तथा प्रदेशका अन्य विकासका कामको अनुगमन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री, सामाजिक विकास मन्त्री, वन, वातावरण तथा पर्यटन मन्त्री र मुख्यमन्त्रीको कार्यालयको प्रशासन प्रमुख रहनेगरी समिति निर्माण गरिएको छ ।

प्रदेश सरकार गठन भएपछि तेस्रो पटक बसेको बैठकले प्रदेशको आर्थिक कार्यविधि विधेयक २०७४ तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णयसमेत गरेको छ । सरकारका प्रवक्ता कार्कीले प्रदेशको नामाकरण र राजधानीको बारेमा अनौपचारिक छलफल सुरु भएको जानकारी दिँदै छिटोभन्दा छिटो टुंगोमा पुग्ने सरकारको तयारी रहेको जानकारी दिनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes