दुई स्थानमा सवारी दुर्घटना हुँदा ४ घाइते - Pahilo Online

दुई स्थानमा सवारी दुर्घटना हुँदा ४ घाइते

writer

पहिलो अनलाइन

विराटनगर : मोरङको दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनमामा ४ जना घाइते भएका छन् । बिराटचोक–विराटनगर सडक खण्डमा को २७ प ५३३६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक ग्रामथान गाउँपालिका–५ बस्ने ४० वर्षिय भोजन लाल माझी घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका–१ का ५२ बर्षिय बद्री प्रसाद बाह्रकोटी समेत घाइते भएकाले दुवैको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यस्तै मोरङकै बेलाबरी नगरपालिका–४ धरहरास्थित भित्री सडक खण्डमा को ८ प ७१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट बेलबारी नगरपालिका–४ बस्ने बिदुर घिमिरेको ८ वर्षिय छोरा मिलन घिमिरे र मिलन थापाको ५ वर्षिया छोरी खुसी थापा घाइते भएका छन्।

घाइते दुवैको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भइरेहको छ। मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes