'अवैध' सुन कारोबारी सनम शाक्यको हत्या - Pahilo Online

‘अवैध’ सुन कारोबारी सनम शाक्यको हत्या

शाक्य अवैध सुनको कारोबारमा संलग्न रहेको आशंका

writer

विराटनगर, १९ फागुन : मोरङ उर्लाबारी ७ का ३६ वर्षीय सुन कारोबारी सनम शाक्यको हत्या भएको छ ।

विराटनगर–३ दुर्गाचोकमा शनिबार दिउँसो शाक्यको शव स्कोर्पियो गाडीमा भेटिएको थियो । उनको शव गाडीमा राखेर लुकाउने प्रयास गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले औपचारिक रुपमा सार्वजनिक गर्न नचाहे पनि काभ्रेका टेकराज मल्ल, मोरङका नरेन्द्र कार्की र मोहन काफ्ले रहेको बताइएको छ ।

अपराध अनुसन्धान महाशाखा (सिआईबी) काठमाडौंले कुनै व्यक्ति हत्या गरेर ‘डिस्पोज’ गर्ने योजनामा रहेको विशेष सूचनासहित ‘फलो’ गरिरहेको गाडीलाई मोरङ प्रहरीको सादा पोशाकमा खटिएको टोलीले विराटनगरमा नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीले शव राखेर ल्याउँदै गरेको बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडी पनि नियन्त्रणमा लिएको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले महाशाखाको विशेष टोलिले पाएको सुचनाका आधारमा गाडीलाई पछ्याईएको जानकारी दिनुभयो । बरामद भएको शव उर्लाबारी थाना अगाडि घर भएका सनम शाक्यको रहेको प्रहरीले जनाएको छ ।

उर्लाबारीका शाक्य अवैध सुनको कारोबारमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ । अवैध सुनको कारोबारी भएका कारण हत्याको अनुसन्धान थप जटिल बन्ने र अन्य विषयसमेत बाहिर आउन सक्ने भएका कारण प्रहरीले नियन्त्रणमा लिइएका तीन जनाको नाम खुलाउन चाहेको छैन । सुन तथा चाँदी पसल सञ्चालन नगरेका शाक्य अदृश्य रुपमा सुनको कारोबार भने गर्दै आएको बुझिएको छ ।

फागुन १५ गते मोरङ उर्लाबारी–७ बस्ने सनम शाक्यलाई सुन तस्करीको लेनदेनमा कुरा नमिलेपछि तीन जनाले अपहरण गरेर सिराहा जिल्लाको अज्ञात स्थानमा लगेर शरीर बन्धक बनाई हत्या गरेको प्रहरीको दाबी छ ।

शनिवार प्रहरीले बिराटनगर स्थित पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको बा. १२ च ५९३३ नम्बरको क्रिम कलरको स्कोरपियो चेकजाँच गर्दा सोही गाडीको डिकीमा सनमको शव फेला परेको थियो । गाडीको डिकीभित्र तौलिया, म्याट्रेस र त्रिपालले लुकाई राखेको अवस्थामा भेटिएको सनमको शरिर भरी निलडाम भएको महाशाखाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes