होलीमा अवान्छित गतिविधि गर्ने सयबढी पक्राउ, कुनै खालको गम्भीर घटना भएन - Pahilo Online

होलीमा अवान्छित गतिविधि गर्ने सयबढी पक्राउ, कुनै खालको गम्भीर घटना भएन

४ सय १४ वटा मोटरसाईकल र दुई वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रण

writer

विराटनगर ।  होलीमा अवान्छित गतिविधि गर्ने मोरङमा १ सय बढी ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर होहल्ला र झैझगडा गर्ने, होलीको अवसरमा अवान्छित गतिविधि गर्ने १ सय ८ जनालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

यस्तै मापसे गरेर तथा सवारी नियम उल्लंघन गरेर कुदाईएका ४ सय १४ वटा मोटरसाईकल र दुई वटा चार पाङ्ग्रे सवारी साधनसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बिसिले जानकारी दिए । नियन्त्रणमा लिइएका ब्यक्तिहरुलाई कसुर अनुसारको कारबाही गरिने र सामान्य प्रकृतिका घटनामा संलग्नलाई अभिभावकको जिम्मा लगाईने उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सवारीसाधनको ब्लुबुक हेर्ने काम भईरहेको जानकारी दिंदै उनले नियन्त्रणमा लिइएका सवारीधनीसँग नियम अनुसारको जरिवाना असुल गरिने बताए । होलीको क्रममा विभिन्न ठाउँमा झडपका सामान्य घटनाहरु भएपनि गम्भीर प्रकृतिको घटना भने नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes