रङ लगाउँदा क्यान्सर हुन सक्छ - Pahilo Online

रङ लगाउँदा क्यान्सर हुन सक्छ

रङ लागएको आधादेखि एक घन्टाभित्रमा पखाल्नुपर्छ । चिल्लोयुक्त साबुन वा फेसवासले रङ पखाल्ने गर्नुपर्छ । रसायनयुक्त रङहरूले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ ।

writer

डा. सविना भट्टराई

विराटनगर, १७ फागुन । बिहीबार नेपालको पहाडी क्षेत्रमा र शुक्रबार तराईमा एक–अर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाको दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको पर्व पनि मानिन्छ । होलीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङ दलेर रंगिन बन्छन् ।

यस पर्वमा हिंजोआज हाम्रो शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङको प्रयोग बढ्दै गएको छ । विभिन्न थरीका रङहरू प्रयोग गरेर मनाइने रङहरूको पर्व होलीमा आजभोलि लगाइने रातो, नीलो, कालो, हरियोलगायतका रङले हाम्रो शरीरमा तत्कालै वा दीर्घकालमा असरहरू पर्ने गर्छ । अहिले हामीले प्रयोग गर्ने रङहरू बनाउँदा ९० प्रतिशत घुलनशील तत्व प्रयोग गरिएको हुन्छ ।

यस्तै, सुख्खा रङ बनाउन सिसा, मर्करी, पेट्रोलियम उत्पादन जस्ता स्वास्थ्यका लागि हानिकारक तत्व प्रयोग गरिएको हुन्छ । यसरी रसायनहरूको मिसावटबाट बनाइने रङहरूमा एस्वेस्टस र सिलिका जस्ता तत्व पनि हुन्छन् । यी तत्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकी जस्ता रोगलाई जन्म दिन्छ ।

होलीमा प्रयोग गरिने रङ र यसमा प्रयोग गरिने रसायनहरूले गर्भवती महिलालाई पनि असर गर्छ, जसले गर्दा समय अगावै बच्चा जन्मने सम्भवना धेरै हुन्छ । कालो रङमा लेड अक्साइड मिसाइएको हुन्छ । यो रसायन निलेमा वा श्वासद्वारा लिए घातक हुन सक्छ । यसले छाला, आँखा, श्वास नली, फोक्सो, मस्तिष्क, आन्द्रा, मिर्गौला र रगतमा घातक असर गर्छ । एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट देखिन्छ ।

यस्तै, हरियो रङमा कपर सल्फेट, नीलोतुथो भन्ने रसायन मिसाइएको हुन्छ । यो रसायनले आँखा तथा छालामा असर गर्छ । यसले गर्दा छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुन्निने, आँखामा घाउ आउने हुनेजस्ता समस्या आउन सक्छन् । यो रङ निलेमा वान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजो जस्ता अंगलाई पनि हानी पु¥याउँछ ।

यस्तै हामीले प्रयोग गर्ने बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ । यो तत्व श्वास र फोक्सोका लागि हानिकारक छ । यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन् ।

चाँदी जस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ । यसको बिषाक्तताले क्यान्सरसमेत हुन सक्छ । आँखा, छाला र श्वास प्रणालीमा प्रत्यक्ष हानी पु¥याउने तत्वले फोक्सोमा असर, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुन्निने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या निम्त्याउँछ ।

यस्तै, नीलो रङमा प्रसियन ब्लु नामक रसायन मिसाइन्छ । यसले छालाको एलर्जी, डर्मटाटिक्स जस्ता समस्या ल्याउन सक्छ । यसलाई निलेमा पेट दुख्ने, पाचन गडबड हुने र कब्जियतको समस्या देखिन सक्छ । रातो रङमा धेरै मर्करी सल्फेट तत्व मिसाइएको हुन्छ, जुन श्वास प्रश्वासद्वारा शरीरभित्र प्रवेश गरेमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाइ हुने, दम बढ्नेजस्ता समस्या देखापर्छन् । यो तत्व आँखामा पर्न गए नानी जलेर अन्धोपन पनि हुन सक्छ । आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ । यो तत्व मिसाइएको रङ खाएमा पेट दुख्ने, वाकवाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्रा गल्ने समस्या देखापर्छन् ।

रातो रङमा हुने सल्फेट तत्त्व शरीरमा धेरै नै प्रवेश गरेमा रक्तनलीहरूमा असर पु¥याई प्यारालाइसिससम्म हुने खतरा रहन्छ । हिजोआज होली खेल्न प्रयोग गरिने चाँदी जस्तो देखिने रङमा क्यान्सर लाग्ने घातक तत्व हुने भएकाले यस्तो रङ छालाका लागि धेरै नै हानिकारक हुन्छ ।

यसरी बच्नुस् रङबाट
रङ छनोट गर्दा वा रङहरू किन्दा अलि नरम खालको छनोट गर्नुपर्छ । यसका साथै रङ लगाउनु अगाडि बाक्लो गरी भ्यास्लिन तथा मोइस्चराइजर क्रिम लगाउनुपर्छ । यसले गर्दा छाला चिल्लो भएकै कारण रङहरूले छालामा त्यति असर गर्न पाउँदैनन् । यसका साथै शरीरमा रङ सकेसम्म लामो समयसम्म राख्नुहुँदैन । रङ लागएको आधादेखि एक घन्टाभित्रमा पखाल्नुपर्छ । चिल्लोयुक्त साबुन वा फेसवासले रङ पखाल्ने गर्नुपर्छ । रसायनयुक्त रङहरूले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ । यसले गर्दा रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन । रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes