अनौठा र रोचक यौन नियम - Pahilo Online

अनौठा र रोचक यौन नियम

writer

पहिलो अनलाइन

यौन वा यौन जीवन यस्तो विषय हो, जसका बारेमा खुलेर कुरा गर्न जो कोहि पनि हिच्चिाउँछ । अझ पूर्वीय सभ्यताका देश र समाजमा यौनका विषयमा खुल्ला बहस बर्जित नै छ । हाम्रोजस्तो देशमा मात्र होइन, पश्चिमा देशमा पनि ठाउँअनुसार यौनका विषयमा अनौठा र कडा कानुन छन् । विश्वका केही देशका यौनसम्बन्धी रोचक, अनौठा तथा कडा नियम–कानुन यस्ता छन् :

अमेरिकाको पश्चिम प्रशान्त सागरस्थित गुआममा पुरुषको जागिर पुरै राज्यमा घुमेर कुमारी युवतीको कुमारीत्व भंग गर्नु हो । यसका लागि उनीहरूलाई कानुनी रूपमै छुट छ । बेलायतको लन्डनमा भने पार्किङ क्षेत्रमा मोटरसाइकलमा यौन सम्बन्ध राख्नु बर्जित छ । त्यस्तै, इन्डोनेसियामा सार्वजनिक स्थानमा हस्तमैथुन गरेको पाइएमा टाउको छिनाएर मृत्युदण्ड दिने कानुन छ ।

बहराइनमा पुरुष चिकित्सकका लागि मेडिकल जाँचका समयमा महिलाको यौनांग हेरेर उपचार गर्न पाउँछन् तर सिधा आँखाले हेर्न भने नपाइने कानुन छ । पुरुष चिकित्सकले ऐनाको प्रयोग गरेर महिलाको यौनांग हर्न पाउँछन् । त्यस्तै लेबनानमा यदि कोही पुरुषले भाले जनावरसँग सहवास गरेको थाहा भएमा उसलाई मृत्युदण्ड दिनेसम्मको सजाय छ । तर, यदि पोथी रहेछ भने सजाय हुँदैन ।

अमेरिकाको वासिङटनमा जनावरसँग मानिसले सहवास गर्न कानुनी मान्यता प्राप्त छ । तर, यसका लागि जनावरको वजन कम्तिमा ४० पाउण्ड हुनुपर्छ । बोलिभियाको सान्टाक्रुजमा कुनैपनि पुरुषले एकै पटकमा आमा र छोरीसँग यौन सम्पर्क गर्नु कानुनी रुपमा अपराध मानिन्छ । तर, छुट्टा–छुट्टै ठाउँमा फरक–फरक समयमा आमा–छोरी दुवैसँग यौनसम्पर्क गर्न भने मान्य छ ।

मोन्टानाको बोजम्यानमा सुर्यास्तपछि घरमा सबै प्रकारका यौन क्रियाकलाप गर्न प्रतिबन्ध छ । यस्तै, अमेरिकाको नेभादामा पत्नीबाहेक अरू कुनै महिलासँग बिना कण्डम यौन सम्पर्क गर्न कानुनी अपराध हो । अमेरिकाकै एरिजोनामा मुखमैथुन गैरकानुनी छ । कतिपय मध्यपूर्वका देशमा स्लामिक कानुन अनुसार भेडासँग यौन क्रियाकलाप गर्ने मानिसलाई सजाय स्वरुप त्यही भेडाको मासु खानु पर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes