प्रदेश २ को सरकार आज विस्तार हुँदै - Pahilo Online

प्रदेश २ को सरकार आज विस्तार हुँदै

ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानुनमन्त्री

writer

जनकुपुर । आज दोस्रो पटक प्रदेश २ को सरकार विस्तार हुने भएको छ । सरकारमा आज संघीय समाजवादी फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् ।

फोरमले गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । गृहमन्त्री बन्न लागेका यादव धनुषा ४ ‘क’बाट निर्वाचित सांसद हुन् ।

यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाइएको छ । सप्तरी २ ‘क’बाट निर्वाचित साह मुख्यमन्त्रीको दावेदार थिए ।
फोरमले तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री हुनेछन् ।

यस्तै राष्ट्रिय जनता पार्टी, नेपालले नवलकिशोर साह र रामनरेश रायलाई मन्त्री बनाउने निर्णय गरेको छ । वरिष्ठ उपाध्यक्ष साह सामाजिक विकास र वरिष्ठ नेता राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नेछन् । राजपाले राज्यमन्त्रीहरु भने पठाएको छैन ।

फोरमबाटै यसअघि मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भइसकेका छन् । सत्ता साझेदार दल राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ बुधबार विहान १० बजे तय भएकोमा राजपाले नाम छनौट गर्न ढिलाई गर्दा १ बजेलाई सारिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes