सिरियामा रासायनिक अस्त्र पठाउँदै उत्तर कोरिया - Pahilo Online

सिरियामा रासायनिक अस्त्र पठाउँदै उत्तर कोरिया

writer

बिबिसी

एजेन्सी : उत्तर कोरियाले रासायनिक अस्त्र निर्माणमा प्रयोग हुन सक्ने सामान सिरियालाई पठाइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघका विज्ञले निकालेका नतिजालाई उदृत गर्दै सञ्चारमाध्यमले उत्तर कोरियाले अम्ल–प्रतिरोधी टायल, भल्स र पाइपहरू पठाएको बताएका हुन् । रासायनिक अस्त्रहरू बनाउने कारखानाहरूको निर्माणका लागि त्यस्ता टायलको प्रयोग गरिन्छ ।
न्यूयोर्क टाइम्सका अनुसार राष्ट्रसंघको सार्वजनिक भइनसकेको प्रतिवेदनमा प्योङयाङका क्षेप्यास्त्र विशेषज्ञहरू सिरियाली अस्त्र निर्माण कारखानाहरूमा देखिएको उल्लेख गरिएको छ । सिरियाली फौजले क्लोरिन ग्यास प्रयोग गरिरहेको भन्ने नयाँ रिपोर्ट आएपछि अमेरिकी सञ्चारमाध्यले पछिल्लो खबर सार्वजनिक गरेका हुन् ।

सिरियाली सरकारले भने क्लोरिन ग्याँस प्रयोग गरिएको कुरा अस्वीकार गर्दै आएको छ । पारमाणविक कार्यक्रमलाई लिएर उत्तर कोरियाले हाल अन्तर्राष्ट्रिय प्रतिबन्ध झेल्दै आएको छ ।
एउटा चिनियाँ कम्पनीमार्फत सन् २०१६ को अन्त्य र २०१७ को शुरूतिर पाँच खेप ती सामग्रीहरू सिरिया पु¥याइएको द वाल स्ट्रीट जर्नलले उल्लेख गरेको छ । केही वर्षयता सिरिया पठाइने गरिएका खेपहरूकै त्यो हिस्सा भएको बताइएको छ ।
सिरियाको सरकारी निकाय ‘द साइन्टिफिक स्टडिज एण्ड रिसर्च सेन्टर’ले कैयौँ कम्पनीमार्फत उत्तर कोरियालाई भुक्तानी गरेको समाचारमा उल्लेख गरिएको छ । सिरिया र उत्तर कोरियाबीच दशकौंदेखि सैन्य सम्बन्ध रहिआएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes