राजधानी र नाम छिटो टुंग्याउन सांसदको जोड - Pahilo Online

राजधानी र नाम छिटो टुंग्याउन सांसदको जोड

writer

विराटनगर, १५ फागुन । एक नम्बर प्रदेशलाई एक नम्बर नै बनाउने प्रतिबद्धता गरेको प्रदेश सरकारले अहिलेसम्म पूूर्णता पाएको छैन । ६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम टुङ्गो लगाइसकेको छ । तर, एक नम्बर प्रदेशमा यो विषयले संसदमा प्रवेश नै पाएको छैन् ।

६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम सर्वसम्मत रुपमा टुङ्गो लगाएर देशैभरी सकारात्मक सन्देश प्रदान गरेको छ । तर, एक नम्बर प्रदेशमा यो विषयले संसदमा प्रवेश नै पाएको छैन । कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै १ नम्बर प्रदेशसभाको बैठक चैत ७ गतेसम्मका लागि स्थगित भएको छ । नियमित विजनेश नभएकोले संसद बैठक तीन साताको लागि स्थगित गरिएको हो ।

राजधानीको विषयमा संसदमा बहस नै सुरु हुन नसकेको सोलुखुम्बुबाट निर्वाचित नेकपा एमालेका सांसद उत्तमकुमार बस्नेतले बताउनुभयो । पत्रपत्रिका, सामाजिक सञ्जाल लगायतमा प्रदेशको नाम, स्थायी राजधानी लगायतका विषयमा धेरै चर्चा भइरहेको भएपनि आधिकारिक रुपमा संसदमा यसको चर्चा सुरु भइनसकेको उहाँले बताउनुभयो ।

बस्नेतले राजधानीको विषयमा पार्टीले निर्णय गर्ने बताउनुुभयो । ‘कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति भर्खर गठन भएको छ, प्रक्रिया विस्तारै सुरु भएको छ’, उहाँले भन्नुभयो, ‘राजधानी बनाउका लागि कसैले पनि आफ्नो ठाउँको मोह देखाउन हुदैन । यस विषयमा पार्टीले ह्वीप जारी गर्नुपर्छ ।’

पहिलो अभ्यास भएकाले केहि ढिलोजस्तो देखिएको बताउँदै संघीय समाजवादी फोरमका सांसद जयराम यादवले सरकार विस्तार, राजधानी तथा प्रदेशको नामाङ्कको विषय छिट्टै टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो । ‘६ नम्बर प्रदेशमा जस्तै हामीले प्रदेशको नाम र राजधानीको विषय सबैको सहमतिमा टुङ्गो लगाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘यसो भएमा सकारात्मक सन्देश जानेछ ।’ सांसद यादवले प्रदेशको समृद्धिका लागि बाम गठबन्धनको सरकारलाई आपूmहरुको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

खोटाङबाट निर्वाचित सांसद उषाकला राईले गरिबी अभावबाट जनता पीडित भएकाले सरकारले छिटो राहत दिनुपर्ने ंचाहना जनतामा देखिएको बताउनुभयो । ‘लामो समयदेखि गरिबी अभाव विकासबाट पछाडी रहेका आम जनताले अहिलेको सरकारबाट छिटो–छिटो राहत खाजेको छ’, उहाँले भन्नुभयो, ‘अहिले नै धेरै ढिलो भयो भनेर त भनिहाल्न मिल्दैन तर ढिला भएको छैन भनेर बस्ने समय पनि छैन ।’

मोरङबाट निर्वाचित नेपाली कांग्रेस तर्फका सांसद सुयर्माराज राईले प्रदेशको नाम, राजधानी लगायतका विषय छिटो टुङ्गो लगाउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले प्रदेशको नाम, स्थायी राजधानीको टुङ्गो लगाउँदै विकासका काम अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रदेशको नामांकन र स्थायी राजधानीको विषयमा दलहरु र विभिन्न प्रदेशका नागरिकहरुको पनि फरक–फरक मत रहेकोले यो विषय निक्कै पेचिलो बन्ने देखिएको छ ।

मा प्रकाशित

2 thoughts on “राजधानी र नाम छिटो टुंग्याउन सांसदको जोड

  1. प्रदेशको नाम कोशी प्रदेश अनि स्थायी राजधनी गोठ गाउँ भए सबैलाइ मान्य हुनेछ।

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes