नेप्से घट्दा लगानीकर्ता हच्किए - Pahilo Online

नेप्से घट्दा लगानीकर्ता हच्किए

writer

पहिलो अनलाइन

विराटनगर, १४ फागुन । लगातार नेप्से परिसुचकमा गिरावट आएपछि विराटगनरमा शेयर कारोवार गर्नेको संख्यामा पनि गिरावट आएको छ ।
राजधानीमा नेप्सेमा गिरावट आएको समयमा कारोवार रकम वृद्धि भएपनि विराटनगरका ब्रोकरमार्फत शेयर कारोवार गर्नेहरु भने लगानी गर्न अनिच्छुक देखिएका हुन् ।

सोमवार नेप्से परिसूचकमा १५ अंकले गिरावट आएको थियो । नेप्सेमा गिरावट आउँदा सस्तोमा लगानी गर्न उत्साहित हुनुपर्नेमा बजार अनुसार नै लगानीकर्ताहरुमा पनि उत्साह नदेखिएको श्रीकृष्ण सेक्युरिटिज प्रा.लि. विराटनगरका बिनित अग्रवालले बताउनुभयो । अग्रवाललको अनुभवमा समग्रमा नेप्सेमा गिरावट आउँदा लगानी गर्नेहरु कम हुने र बढोत्तरी हुँदा लगानी बढी हुने चरित्र देखिने गरेको छ ।

विराटनगरमा त गिरावटको अवस्थामा लगानी गर्नेहरु अत्यन्त न्युन हुने गरेको छ । सोमबार विराटनगरबाट नगन्य मात्रामा शेयर कारोवार भएको ब्रोकर एजेन्सीहरुले जानकारी दिएका छन् ।

देशको प्रमुख औद्योगिक नगरको रुपमा परिचित विराटनगरमा शेयर बजारमा लगानी गर्नेहरु अधिकांश मध्यम आय भएका पेशाकर्मीहरु छन् । ठूला उद्योगी, व्यवसायीहरु शेयर बजारमा लगानी गर्न त्यति धेरै आकर्षित देखिदैनन् ।

आइतवार १३७५ मा रहेको नेप्से सोमवार १३५८.९५ अंकमा पेनिङ सेलिङ हुन पुगेको थियो । सोमबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी १० करोडको शेयर कारोवार भएको छ ।

बजारमा वास्तविक लगानीकर्ता भन्दा ट्रेडरहरु बढी आएका कारणले पनि शेयर बजारलाई निश्चित अंकमा वृद्धि हुनबाट रोकिरहेको लगानीकर्ताहरुको अनुभव छ । बैंकको व्याजदर, राजनीतिक परिवेश आदि कारणले शेयर कारोवारमा निरन्तर गिरावट आइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes