ओली सरकारमा चार मन्त्री थपिए - Pahilo Online

ओली सरकारमा चार मन्त्री थपिए

writer

पहिलो अनलाइन

काठमाडौं, १४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबारबाट माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ । तर, सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ ।
सोमबार माओवादी नेता रामबहादुर थापा बादल र मातृका यादव तथा एमालेका ईश्वर पोखरेल र युवराज खतिवडा मन्त्री बनेका हुन् । उनीहरुले सोमबार नै पद तथा गोपनियताको सपथसमेत लिएका छन् ।

माओवादी नेता थापा गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका उनी माओवादीका वरिष्ठ नेता हुन् । उनी माओवादीबाट सरकारमा पार्टीको नेतृत्व गर्दै सहभागि भएका हुन् ।

माओवादीमा गृहमन्त्रीका लागि बादलसँगै वर्षमान पुन र जनार्दन शर्मा प्रभाकरले दावेदार थिए । माओवादी नेतृत्वले भने बादललाई उपप्रधानसहित एउटा मन्त्रालय दिएर गृहमा अरु पठाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने प्रस्ताव अघि सारेपछि बादलले गृह छाडेनन् ।

माओवादीबाट मात्रिका यादव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री बनेका छन् । यादव यसअघि बन मन्त्रालयको जिम्मेवारी लिइसकेका छन् ।

एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका छन् । उपप्रधान तथा अर्थ मन्त्रालयको दावेदार रहेका पोखरेल रक्षामन्त्री बनेका हुन् ।
नेपाल राष्ट्रबैंकका गर्भनर युवराज खतिवडा भने अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्यमा सरकारले मनोनित गरेको भएपनि सर्बोच्च अदालतले सपथमा रोक लगाएको छ ।

संविधानले संसद सदस्य नरहेपनि ६ महिनासम्म मन्त्री बन्न पाउने बाटो खुल्ला राखेकोले खतिवडा मन्त्री नियुक्त भएका हुन् । सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes