विजनेस नहुँदा संसद ३ साता स्थगित - Pahilo Online

विजनेस नहुँदा संसद ३ साता स्थगित

कार्यव्यवस्था परामर्स समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन

writer

विराटनगर, १४ फागुन । कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै १ नम्बर प्रदेशसभाको बैठक ३ साताको लागि स्थगित भएको छ । विराटनगरस्थित प्रदेशसभा भवनमा सोमबार बसेको बैठकले सर्वसम्मत रुपमा दुबै समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामुखको अध्यक्षता तथा उपसभामुख र कानुनमन्त्री पदेन उपाध्यक्ष रहनेगरी गठन भएको ११ सदस्यीय समिति गठनको प्रस्ताव बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले गर्नुभएको थियो । समितिमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहेका छन् । समितिमा नेकपा एमालेका इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी र जयमाया गजमेर, नेपाली काँग्रेसका केदार कार्की, माओवादी केन्द्रका मोहनबहादुर खड्का, संघीय समाजवादी फोरमका जयराम यादव, राप्रपाका इन्दीरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे रहेका छन् ।

समितिले प्रदेशसभाको अन्तरिम कार्यविधिको दफा १५ बमोजिक सभाको बैठकमा पेश हुने विषयहरुको प्राथमिकता र समयअवधिको निर्धारण गर्नेछ । यस्तै प्रदेशसभा बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने र सभामुखले आवश्यक ठह¥याएको विषयमा परामर्श दिने काम पनि समितिले गर्नेछ ।

सोमबारकै बैठकले प्रदेशसभाको कार्यसञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न तथा विभिन्न समितिहरुको गठन, काम कारवाही र अन्य कुरा नियमित गर्नका लागि ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । अन्तरिम कार्यविधिबाट सञ्चालन हुँदै आएको प्रदेशसभाले आफ्नो नियमावली बनाउने बनाउने प्रक्रिया थालेको हो ।

नियमावली मस्यौदा समितिमा एमालेका लिलाबल्लभ अधिकारी, उत्तमकुमा बस्नेत, एकराज कार्की र सावित्रा रेग्मी, नेपाली काँग्रेसका सुर्यमाराज राई र शान्तादेवी पौडेल, माओवादी केन्द्रका झलकबहादुर मगर र रामकुमार राई, संघीय समाजवादी फोरमका रामचन्द्र लिम्बू, राप्रपाका इन्दिरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे रहनुभएको छ । प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समिति गठनबारेको प्रस्ताव एमाले सांसद बुद्धिकुमार राजभण्डारीले राख्नुभएको थियो भने काँग्रेसका सांसद ज्योति सुब्बाले समर्थन गर्नुभएको थियो ।

यसघि बैठकमा सभामुख भण्डारीले प्रदेश मन्त्रीपरिषद गठनबारे प्रदेश प्रमुखको पत्र संसदमा पढेर सुनाउनुभएको थियो भने मुख्यमन्त्री शेरधन राईलाई सरकारका प्राथमिकता र कामकारबाही बारे सदनलाई जानकारी दिन समय उपलब्ध गराउनुभएको थियो । नियमित विजनेश नभएकोले संसद बैठक तीन साताको लागि स्थगित भएको छ ।
संसदको अर्को बैठक चैत ७ गते १ बस्ने सभामुख भण्डारीले जानकारी दिनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes