रेशम चौधरीद्वारा अदालतमा आत्मसमर्पण - Pahilo Online

रेशम चौधरीद्वारा अदालतमा आत्मसमर्पण

writer

पहिलो अनलाइन

धनगढी, १४ फाल्गुन । फरार भनिएका कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रेशम चौधरीले कैलाली जिल्ला अदालतमा सोमबार आत्मसमर्पण गरेका छन् । धनगढी स्थित जिल्ला अदालतमा आत्मसर्पण गरेका चौधरीको अहिले अदालतमा बयान भइरहेको छ।

टीकापुरमा २०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । सो घटनामा चौधरीलाई मुख्य दोषी देखाइएको छ। त्यस घटना यता उनी फरार अवस्थामा थिए ।

चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका अर्का थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् ।

कैलाली १ बाट अत्याधिक मत ल्याएर प्रतिनिधिसभा सदस्य चयन भएपनि उनलाई निर्वाचन आयोगले विजय भएको प्रमाणपत्र दिएको थिएन । उनले प्रमाणपत्र पाउन सर्वोच्च अदालतमा रिट दायर गरेपनि सर्बोच्चले मुद्दाको सुनुवाई हुनुपर्ने बताएको थियो ।

चौधरीले फरार अवस्थामा वारेसनामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएका थिए । तर, जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes