आज संसद बस्दैः यस्ता छन् कार्यसुची - Pahilo Online

आज संसद बस्दैः यस्ता छन् कार्यसुची

writer

विराटनगर, १४ फागुन । प्रदेश नं. १ को संसद बैठक आज बस्दैछ । १ बजे बस्ने बैठकमा २ वटा कार्यसुची रहेको सभाखुम प्रदिप भण्डारीले जानकारी दिनुभएको छ ।

आजको बैठकमा कार्य व्यवस्था परामर्श समिति गठन गर्ने र प्रदेशसभा संचालन नियमावली मस्यौदा समिति गठन गर्ने २ वटा मात्रै कार्यसूची रहेको छ । सदनमा सांसदले आवश्यक समय लिएर मन्तव्य दिने शुन्य समय र विषेश समय राखिएको छैन ।

कार्यव्यवस्था परामर्श समिति बढीमा ११ सदस्यीय हुने प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिमा उल्लेख छ । समितिमा संसदमा भएका सबै दलबाट १÷१ जना रहनेछन् । प्रदेशसभा संचालन नियमावली मस्यौदा समितिमा भने दलहरुको सहमतिमा आवश्यकता अनुसार सदस्य राख्न सकिने सभामुख भण्डारीले जानकारी दिनुभएको छ ।

माघ २२ गते प्रदेश संसदको पहिलो बैठक बसेपछि सभामुखको निर्वाचन गर्न माघ २९ गते र उपसभामुखको निर्वाचन गर्न फागुन ३ गते संसद बैठक बसेको थियो । त्यसबाहेक कुनै विजनेश नभएकोले संसद बैठक बस्न सकेको छैन ।

प्रदेश सरकार गठन भएपनि सरकारले कामको गति लिन नसक्दा संसदले आवश्यक बिजनेस नपाएको हो । संसदलाई विजनेस दिने काम सरकारको हो । सरकारले कुनैपनि कानुन मस्यौदा थालनीसमेत नगरेकोले तत्काल संसदले आफ्नो नियमित कार्वाही सञ्चालन गर्नसक्ने अवस्था छैन ।

आज बसेपछि नियमावली नबनेसम्मका लागि र बिजनेस तय नभएसम्मका लागि संसद बैठक पुनः स्थगित हुने सभामुख भण्डारीले जानकारी दिनुभएको छ । ६ नम्बर प्रदेशमा प्रदेश सांसदले प्रदेशको नाम र स्थायी राधजानी तोक्ने काम गरेपनि १
नम्बर प्रदेशमा सो विषयको छलफलसमेत सुरु भएको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes