माधव नेपाल नेतृत्वमा पेरिसडाँडामा बैठक - Pahilo Online

माधव नेपाल नेतृत्वमा पेरिसडाँडामा बैठक

पार्टीको प्रतिवेदन लेखन अघि बढ्ने

writer

विराटनगर, १३ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्रतिवेदन मस्यौदा कार्यदलले प्रतिवेदन लेखन सुरु गरेको छ ।
आइतबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजदेखि प्रतिवेदन लेखनलाई अगाडि बढाउने निर्णय गरेको हो।

कार्यदलका संयोजक नेकपा एमालेको वरिष्ठ नेता माधव नेपालको अध्यक्षतमा बसेको बैठकले एकीकृत पार्टीको अन्तरिम प्रतिवेदन लेखन थाल्ने निर्णय गरेको हो । पार्टी एकतालाई अगाडि बढाउनका लागि दुई दलबीच गठन भएको पार्टी एकता संयोजन समितिको बैठकले एमाले नेता माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेको थियो ।

कार्यदलको बैठकले प्रतिवेदन लेखनका लागि दुई दलका दस्तावेज, नीति, प्रतिवेदनहरुको अध्ययन गर्ने निर्णय गरेको कार्यदलका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकले पार्टी एकताको गृहकार्यलाई अगाडि बढाउनका लागि दुबै कार्यदलको संयुक्त बैठक बस्ने समेत निर्णयसमेत गरेको छ।

बैठकले नारायणकाजी श्रेष्ठ, देव गुरुङ, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको दस्ताबेज लेखन उपसमिति समेत गठन गरेको छ । दुवै पार्टीका दस्ताबेज भोलीसम्म संकलन गरेर कार्यदलले दस्ताबेज लेखन थाल्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes