¥याकेट बुनेरै राम्रो कमाई - Pahilo Online

¥याकेट बुनेरै राम्रो कमाई

writer

पहिलो अनलाइन

धनकुटा, १३ फागुन । स्वस्थ्य रहन शारिरीक व्यायमका लागि व्याटमिन्टन खेल्नेको संख्या बढेपछि धनकुटाका एक व्यक्तिले व्याटमिन्टन ¥र्याकेट बुनेर राम्रो आम्दानी गरिरहेका छन् । व्याडमिन्टन खेलेरे ¥याकेट कोडोरी चँुडिएपछि त्यसमा स्ट्रिङ (गट) बुन्न धरान र विराटनगर जानुपर्ने बाध्यता देखेपछि डेढ वर्षदेखि ५१ बर्षीया खगेन्द्रकुमार श्रेष्ठले राम्रो आम्दनी गरेका हुन् ।

अहिले दैनिक ४ वटासम्म ¥याकेट बुनेर मासिक २० हजार रुपैयाँभन्दा बढी कमाई गरिरहेको श्रेष्ठको भनाइ छ । ¥याकेट बुनेर राम्रो आम्दानी भईरहेको छ भन्दै उनले खेलाडीहरुलाई पनि आफ्नो उत्पादनले सहज भएको बताए । एउटा ¥याकेटको स्ट्रिङ(डोरी) अनुसार तीन सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म पर्ने गरेको छ ।

कमाईको राम्रो सम्भावना दखेर श्रेष्ठले तात्कालिन समयमा १ लाख २० हजार रुपैयाँमा ¥याकेट बुन्ने मसिन खरिद गरेर धनकुटा स्पोर्ट सेन्टर सञ्चालनमा ल्याएका थिए । यो धनकुटाको एक मात्र व्याडमिन्टन ¥याकेट मर्मत सेन्टर हो ।

व्याडमिन्टनको लोकप्रियता बढेपछि अहिले धनकुटामा व्याडमिन्टन संघ धनकुटाको पहलमा एक बहुउद्देश्यीय कवर्डहलसमेत बनिरहेको छ । संघका अनुसार अहिले धनकुटामा दुई सयभन्दा बढी व्याडमिन्टन खेलाडीहरु छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes