ओखलढुंगामा अनौठो शिशुको जन्म - Pahilo Online

ओखलढुंगामा अनौठो शिशुको जन्म

writer

पहिलो अनलाइन

ओखलढुंगा, १३ फागुन । ओखलढुंगाको मानेभञ्ज्याङ्की एक युवतीले अनौठो शिशु जन्म दिएकी छन् । जिल्ला सदरमुका स्थित सामुदायिक अस्पताल मिसनमा शनिबार अनौठो शिशुको जन्म भएको हो ।

मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका लक्ष्मण गुरुङ र २९ वर्षकी विपना गुरुङको पहिलो सन्तान (छोरी) अनौठो जन्मिएको हो । शिशुको टाउकोको दायाँतर्फको आकार निकै ठूलो छ भने एउटा आँखा, नाक र मुख नै प्रष्ट देखिन्न ।

शिशुको अन्य शारीरिक अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । आमाको स्वास्थ्यसमेत सामान्य छ । २ किलो ७ सय ग्रामको शिशुलाई इन्कुवेटरमा राखेर पाईपमार्फत आमाको दूध खुवाएको अस्पतालले जनाएको छ ।

आमाको पेटभित्रै बच्चालाई ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन् । शिशुलाई केही दिनपछि थप उपचारको लागि काठमाडौं रिफर गरिने मिसन अस्पतालका चिकित्सक डा.सञ्जय पोख्रेलले बताउनुभयो ।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारीरिक अपांगता भनिन्छ । सामान्यतयः ढिलो उमेरमा आमाले बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधिको प्रयोग र गर्भावस्थामा भिटामिन (फोलिक एसिड) को कमी हुनाले यस्तो शिशुको जन्म हुने गरेको चिकित्सककको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes