प्रदेशसभा भवन सार्ने पक्षमा सभामुख - Pahilo Online

प्रदेशसभा भवन सार्ने पक्षमा सभामुख

‘विकल्पको खोजी गरिरहेका छौं’

writer

विराटनगर, १३ फागुन । १ नम्बर प्रदेशको संसद भवन साँघुरो भएको भन्दै विकल्पको खोजी सुरु भएको छ । ९३ जना संसद रहेको संसद भवनको सिट क्षमता भने १ सय ४० जनाको मात्रै छ ।

‘संसद भवन अत्यन्तै साँघुरो र असजिलो भएको भन्दै मानीय सांसदज्यूहरुबाट कुराकानी आइरहेको छ,’ सभामुख प्रदीपकुमार भण्डारीले भन्नुभयो, ‘हलको वैकल्पिक व्यवस्थापनको खोजी भइरहेको छ ।’ उपर्युक्त भए सरकारी वा नीजि क्षेत्रका घर भाडामा लिएर भएपनि संसद भवनको रुपमा प्रयोग गर्न सकिने गरी खोजी भइरहेको संसद सचिवालयले जनाएको छ ।

हाल जिल्ला समन्वय समितिको पहिलो र दोस्रो तलामा संसद सचिवालय र प्रदेशसभाहलको व्यवस्था गरिएको छ । ‘हल सारै सानो भयो, यो हलबाट सदन चलाउन असजिलो भएको छ,’ भण्डारीले भन्नुभयो, ‘एउटा डायरीमा कुरा लेख्ने, टिपोट गर्नेका लागि टेबल तथा माननीयहरुले बोल्नका लागि आवश्यक माइकको व्यवस्थापन पनि छैन ।’

संसद बैठक भोली बस्दै
प्रदेश सभाको बैठक सोमबार बस्दैछ । सोमबार १ बजे बस्ने बैठकमा कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने र प्रदेशसभा संचालन नियमावली मस्यौदा समिति गठन गर्ने २ वटा मात्रै कार्यसूची रहेको छ । सदनमा कोही पनि सांसदले आवश्यक समय लिएर मन्तव्य दिने कार्यसूची नरहेको सभामुख भण्डारीले जानकारी दिनुभयो ।

कार्यव्यवस्था परामर्श समिति भने बढीमा ११ सदस्यीय हुने अन्तरिम कार्यविधिमा उल्लेख छ । संसदमा भएका सबै दलबाट १÷१ जना अनिवार्य सहभागी हुनुपर्ने कार्यविधिमा रहेको छ भने प्रदेशसभा संचालन नियमावली मस्यौदा समितिमा भने दलहरुको सहमतिमा आवश्यकता अनुसार सदस्य राख्न सकिने भण्डारीको भनाइ छ ।

संसदलाई आवश्यक बिजनेस भएन
यसैबीच प्रदेशसभा सरकारले लय पक्रिन नसक्दा संसदले आवश्यक बिजनेस पाएको छैन । ‘नियमावली नबनेसम्मका लागि र बिजनेस तय नभएसम्मका लागि संसद बैठक पुनः बस्नेछैन,’ सभामुख भण्डारीले भन्नुभयो, ‘बेरोजगार भएकै चाहिं भन्न मिलेन यद्यपि बिजनेस अहिलेका लागि संसदलाई छैन ।’ संसदमा आवश्यक विधेयक दर्ताका लागि सरकारले कुनै तयारी अहिलेसम्म गरेको छैन । ६ नम्बर प्रदेशमा प्रदेशको नामांकरण कर्णाली राख्ने र राजधानी सुर्खेतलाई तोक्ने काम गरिसकेको अवस्थामा १ नम्बर प्रदेशमा भने अहिले उक्त विषयमा छलफल नै प्रारम्भ भएको छैन । प्रदेश सरकारले पनि अझै पूर्णता पाउन सकेको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes