भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु - Pahilo Online

भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु

writer

पहिलो अनलाइन

भारतीय अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा शनिबार राति अबेर दुबईमा निधन भएको छ। भारतीय मिडियाका अनुसार ह्रदयघातका कारण उनको मृत्यु भएको हो ।

मृत्युको बेला उनका पति बोनी कपूर र छोरी खुशी पनि साथै रहेको बताइएको छ। उनकी ठूली छोरी जाह्नवी भने सुटिङमा व्यस्त भएका कारण दुबई गएकी थिइनन्।आफ्नो परिवारसँग दुबईमा एउटा बिहे समारोहमा सहभागी हुन गइरहेकी श्रीदेवीलाई त्यहीँ शनिबार राति करिब ११ बजे हर्ट अट्याक भएको थियो।

उनको निधनको खबर पाउने बित्तिकै बलिउडका स्टारहरुले सोसल मिडियामा श्रद्धाञ्जलि दिन थालेका थिए।श्रीदेवीलाई बलिउडकी पहिलो महिला सुपरस्टारका रुपमा पनि चिनिन्छ। बाल कलाकारका रुपमा फिल्मी करिअर सुरु गरेकी उनले हिन्दी फिल्ममा अभिनय गर्नुभन्दा पहिला तमिल, तेलुगु, मलयालम र कन्नड फिल्ममा पनि काम गरेकी थिइन्। २०१३ मा उनलाई भारत सरकारले पद्मश्री सम्मान गरेको थियो।

९० को दशकका उनका फिल्म चाँदनी, लम्हेँ, मिस्टर इन्डिया, नगिना सुपर हिट थिए। बलिउडमा लामो समयपछि उनले इंग्लिस विंग्लिस फिल्मबाट शानदार कमब्याक गरेकी थिइन्। उनको अन्तिम फिल्म माम भने २०१७ मा रिलिज भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes