एमाले-माओवादीबीच यस्तो भागबण्डा - Pahilo Online

एमाले-माओवादीबीच यस्तो भागबण्डा

writer

काठमाडौं, १३ फागुन । एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता भागबण्डा टुंगो लगाएका छन्। दुवै पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबण्डा आपसी समझदारीमा टुंग्याएका हुन्। 

‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबण्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई दिने र सभामुख माओवादीले लिने समझदारी भएको छ।’

एमालेले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्ष र १० वटा मन्त्रालय तथा माओवादीले उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाको उपाध्यक्ष र सात वटा मन्त्रालय लिने सहमति भएको छ।

यो सहमति एमाले–माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिमा जुटेका नेताहरूको भनाइ छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ।

दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापनि शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि पठाएका तीन जनाको सिफारिस फिर्ता लिँदै एमालेका दुई र माओवादी केन्द्रका एक जना सिफारिस गर्नेसम्म थिए ।

सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयन गरेपछि देउवा सरकारद्वारा मनोनति तीन जना अदालत गुहार्न पुगका छन् ।

एमाले र माओवादीबीच ओली सरकारलाई दुई तिहाइ सांसद्को समर्थनयुक्त बनाउन पनि प्रयास भइरहेको छ। यसका लागि संघीय फोरमलाई सरकारमा ल्याउन पदीय बाँडफाँडमा सहमतिमा ल्याउने प्रयास जारी छ।

फोरमलाई प्रतिनिधिसभाको उपसभामुख र बढीमा दुईवटा मन्त्रालय दिएर सरकारमा ल्याउने विषयमा दुई दलले छलफल गरिहेका छन् ।

एमाले

– राष्ट्रपति

– प्रधानमन्त्री

– राष्ट्रियसभा अध्यक्ष

– प्रधानमन्त्रीसहित ११ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये २ जना

माओवादी

– उपराष्ट्रपति

– प्रतिनिधिसभा सभामुख

– राष्ट्रियसभा उपाध्यक्ष

– ७ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये १ जना

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes