व्यापारी कुट्ने एलिस गुरुङ पक्राउ - Pahilo Online

व्यापारी कुट्ने एलिस गुरुङ पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर, १२ फागुन । विराटनगरस्थित गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतलाई कुटपिट गरेको आरोपमा ‘डन’ एलिस गुरुङ पक्राउ परेका छन् । विगतमा गुण्डागर्दीमा परिचय बनाएका एलिसलाई शुक्रबार राती अबेर मोरङ प्रहरीले विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको जनाएको छ ।
गत माघ ५ गते विराटनगरका व्यापारी पशुपति भगतलाई मरणासन्न हुनेगरी गुरुङले कुटपिट गरेको आरोप छ । भगतले गुरुङको योजनामा आफ्नो हत्या गर्ने प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दर्ता गरेका थिए । ज्यान मार्ने उद्योगको अभियोगमा जाहेरी परेपछि गुरुङ फरार भएका थिए । पक्राउ परेका गुङलाई प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । अदालतमा हाजिर भइसकेको पाइए गुरुङलाई सार्वजनिक अपराधको मुद्दा अघि बढाउने प्रहरीको तयारी छ ।
आक्रमणको मुख्य योजनाकार मानिएका गुरुङले आफ्ना मातहतका मो. सिद्धिकेताज बबरलाई प्रहरीले पक्राउ गरि अनुसन्धान पछि छोडेको थियो । उनलाई छोडेपछि प्रहरी नियन्त्रणमा नपरिने मनसाय राखेर विराटनगरमा देखिएका गुरुङलाई भने प्रहरीले छोडेन ।
मोरङको कर्सियामा रहेको जग्गाको विषयमा गुरुङसँग भगतको विवाद भएपछि उनीमाथि आक्रमण भएको बताइएको छ । घाइते रहेकै अवस्थामा पनि गुरुङले भगतलाई धाक धम्की दिने गरेको सार्वजनिक हुँदै आएको थियो ।
उद्योगी व्यवसायिमाथि आक्रमण गरेको र धाक धम्की दिँदै रकम अशुल गर्ने गरेको अभियोगमा गुरुङलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो ।
‘गुरुङले धेरैलाई अहिले पनि धाकधम्की दिने र अशुली गर्ने काम गरिरहेको पाएका छौं र पशुपति भगतलाई आक्रमण गरेको मुद्दा पनि अदालतमा बिचाराधीन छ’ मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले भन्नुभयो, ‘घटना पछि फरार थिए अहिले पक्राउ गर्न सफल भएका छौं ।’
विगतमा पर्शुराम बस्नेतको समूहमा रहेर गुण्डागर्दी गर्ने गरेका उनी पछिल्लो समय बस्नेतसँग छुट्टिएका थिए । उनी अहिले एमालेबाट मन्त्री बनेका लालबाबु पण्डितका स्वकिय सचिव वसिम आलम निकटस्थ रहेको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes