चिया पसलेको खातामा सात करोड - Pahilo Online

चिया पसलेको खातामा सात करोड

writer

पहिलो अनलाइन

चिया पसलेको खातामा समान्यतः कति पैसा होला ? तर, जयपुरको एक चिया पसलेको खातामा सात करोड ६८ लाख जम्मा देखिएको छ । खातामा यति धेरै पैसा देखिएपछि कर विभागले हैरान पारेको छ ।

कुरा यस्तो थियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी गरेपछि राजकुमार ब्यांक गएका थिए । उनले आफूसँग भउको ४८ हजार भारतीय रुपैयाँ ब्यांकमा जम्मा गर्न दिए । ब्यांक कर्मचारीले ४ करोड ८० हजार भारतीय रुपैयाँ बनाइ दिए । त्यसको नेपाली सात करोड ६८ लाख हुन्छ ।उनले गल्तीले आफ्नो खातामा धेरै पैसा आएको बताएपछि ब्यांकले पनि गल्ती स्वीकार ग¥यो । उनको खातामा गएको पैसा फिर्ता ग¥यो । तर कुरा त्यतिक्कैमा बन्द भएन् ।

त्यसको १४ महीनापछि पनि उस्तै छ । भारतीय कर विभागले अहिले पनि राजकुमारको घरमा पत्र पठाइरहेको छ । पत्रमा उसले सोध्ने गरेको छ, ‘यति धेरै पैसा कहाँबाट आयो ?’ राजकुमार भने हैरान छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes