‘सगरमाथा’ मर्मतपछि हङकङ उड्ने भो - Pahilo Online

 ‘सगरमाथा’ मर्मतपछि हङकङ उड्ने भो

writer

पहिलो अनलाइन

काठमाडौं, १२ फागुन । नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उड्दैछ । सिंगापुरमा मर्मत गरी बिहीबार काठमाडौं ल्याइएको नाइन एन—एकेडब्लु जहाजको शुक्रबार निगमका इन्जिनियरहरुले चेकजाँच गरेका थिए।

‘इन्जिन फेरेर आएको जहाजको शुक्रबार इन्जिनियरिङ जाँच गरिएको थियो। आज एघार बजे नियमित उडानका लागि हङकङ उड्दैछ’, निगम स्रोतले नेपालखबरलाई भन्यो। याे जहाज अाजै राति यात्रु बाेकेर हङकङबाट फर्किनेछ।

पुष १० गते काठमाडौंबाट भारतको नयाँदिल्ली उडेको १ सय ५८ सिट क्षमताको सगरमाथा नामको सो जहाजको बाँया इन्जिन बिग्रिएपछि ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेट भएको थियो। इन्जिन मर्मतका लागि समय लाग्ने भएपछि निगमले अमेरिकी ‘इन्टरनेसनल एरो इन्जिन’ ९आइएई० कम्पनीसँग मासिक १ लाख ५० हजार अमेरिकी डलर ९१ करोड ५० लाख रुपैयाँ० मा इन्जिन भाडामा लिएर जडान गरेको हो। निगमकाअनुसार चार महिनाको लागि आइएईको इन्जिन भाडामा लिइएको छ।

अमेरिकी कम्पनीको इन्जिन फेर्न माघ २८ मा जहाजलाई सिंगापुर पुर्याइएको थियो। विमान निर्माता कम्पनी र इन्जिन बनाउने कम्पनीले यात्रु बिनाको एउटा उडान गर्न सकिने बताएपछि दुई पाइलटले सो जहाजलाई उडाएर सिंगापुर लगेका थिए।

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रय उडान गर्न युरोपको एयरबस कम्पनीसँग २०७१ माघ २५ मा ए ३२०–२०० सिरिजको विमान किनेको थियो। युरोपको एयरबस कम्पनीले अमेरिकी इन्जिन निर्माता कम्पनी आइएईका इन्जिन विमानमा प्रयोग गर्ने गर्छ। त्यसै कारण निगमले आइएईबाटै इन्जिन भाडामा लिएको जनाएको छ।

तीन वर्षअघि खरिद गरेको सो जहाज इन्जिनको वारेन्टी अवधि सकिएका कारण मर्मत खर्च निगमको आफैँले व्यहोरेको छ। सो इन्जिनको वारेन्टी अवधि ७ हजार घन्टा उडान समय बराबर थियो।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताको बि ७५७–२०० सिरिजको एउटा विमान र ए ३२० सिरिजको दुईबाट विमान छन्। तीन जहाजबाट निगमले भारत, कतार, थाइल्यान्ड, मलेसिया, युएई र हङकङका आठ गन्तव्यमा उडान गरिरहेको छ।

उसले भारतका नयाँदिल्लीका लागि सातामा सात, मुम्बई र बैंगलोर तीन–तीन तथा युएईको दुबईका लागि सातामा चार उडान गरिरहेको छ। त्यसैगरी कतारको दोहा, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, र हङकङ प्रत्येक गन्तव्यका लागि सातामा तीन–तीन उडान गरिरहेको छ। वैशाखपछि निगमले एयरबसका दुइ वटा ठूला जहाज भित्र्याउने तयारी गरिसकेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes