३ करोड नगदसहित लुईटेल पक्राउ - Pahilo Online

३ करोड नगदसहित लुईटेल पक्राउ

२ करोड ८६ लाख ५ सय २५ रुपैयाँ पनि बरामद

writer

विराटनगर, १२ फागुन । अवैध वितीय कारोवार विरुद्द कारवाही थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले करिव ३ करोड रुपैयाँ नगदसहित सर्वाधिक खोजीको सुचीमा रहेका सिताराम लुईटेललाई पक्राउ गरेको छ ।

लुईटेललाई विराटनगरको जलजला चौक स्थित फेन्सीपसलबाट शुक्रबार पक्राउ गरिएको सिआईवीले जनाएको छ छ । उनी अवैध वितीय कारोवारमा संलग्न रहेको सिआईवीले जनाएको छ ।

वितीय अपराधविरुद्ध अभियान चलाएको सिआईवीले बिराटनगर ६ स्थित न्यू आभास फेन्सी स्टोरमा पनि छापा मारेर सञ्चालक ३८ वर्षीय लुइँटेललाई पक्राउ गरेको हो । उनले स्थानीयबाट जम्मा गरेको २ करोड ८६ लाख ५ सय २५ रुपैयाँ पनि बरामद भएको छ ।

एकाउण्ट खाता, चेकबुक, तमसुक, नगद फारम, पासबुक पनि बरामद भएको सिआईवीले जनाएको छ । झापाको गौरादह घर भएका लुईटेलको पछिल्लो समयमा स्थायी घर ईटहरी हो । उनी हाल विराटनरमा बसोवास गदैं आएका थिए ।

अप्रेसन नेतृत्व गरिहेका सीआईबीका प्रहरी नायव उपरीक्षक श्याम ओलियाले अवैध बैंकिङ कारोवार र मिटर व्याजको धन्धा चलाउने विरुद्धको कारवाहीको क्रममा लुईटेल पक्राउ परेको जानकारी दिनुभयो । ईटहरीमा नाम चलेका केहि महिलाको समेत मिटर व्याजको धन्धाका विषयमा सुचना आएको भन्दै उहाँले पक्राउ गर्ने तयारी भईरहेको जानकारी दिनुभएको छ ।

मिटर ब्याजको धन्दा चलाउनेले रकम बचत गर्दा १२/१३ प्रतिशत ब्याज दिने र कम्तीमा २४ प्रतिशत ब्याज लिएर ऋण दिने गरेको भेटिएको छ । अवैधानिक रुपमा वैंकीङ कारोवार गरिरहेकाहरुले ‘ऋण दिने, ब्याज उठाउने कर्मचारीसमेत राखेका पाईएको छ । दुई जनाबाट सुरु गरेको धन्धा अहिले फाइनान्स तथा सहकारीले जस्तै–जस्तै बचत खाता खोल्ने, नगद जम्मा गर्ने र ऋण दिने गरेको पाइएको छ ।

वित्तीय कारोबारका लागि राष्ट्र बैंक वा सहकारी विभागबाट अनुमति पनि नलिएको र कुनै पनि बेला जनतालाई ठगी गर्न सक्ने भएकाले छापा मारेको सिआईवीले बताएको छ । बैंक, फाइनान्स र सहकारीले बैंकिङ कारोबार गर्नु स्वाभाविकै हो । तर, इलेक्ट्रोनिक सप्लायर्स र फेन्सी पसलले पनि बैंकमा जस्तै कारोबार गर्ने गरेका छन् ।

सीआईबी र प्रदेश १ क्षेत्रीय अनुसन्धान टोलीको अपरेशनका क्रममा पूर्वी नेपालमा ‘स्यूडो फाइनान्सियल ट्रान्जेक्सन’ मौलाएको खुलेको छ । जसलाई वित्तिय क्षेत्रकै नयाँ अपराध र वैंकिङ अपराधमा नयाँ विषय मानिएको छ । वैंकमा देखिएको तरलताको कारण समेत यहि नयाँ धन्धा नै भएको अनुशन्धानका क्रममा निष्कर्ष निकालिएको सिआईवीका अधिकारीले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes