नयाँ सीटी सफारी बजारमा - Pahilo Online

नयाँ सीटी सफारी बजारमा

writer

पहिलो अनलाइन

विराटनगर, ९ फागुन । सिटी सफारीको कारण विराटनगरको ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बनिरहेको बेला भारतीय कम्पनीको अर्को सफारी बजारमा आएको छ ।
भारतीय काइनेटिक कम्पनीबाट उत्पादित सफारीको विक्री वितरण गर्ने उद्देश्यले विराटनगरको पिपल चोकमा सञ्चालनमा आएको शो–रुमको बुधबार विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाटन गर्नुभयो ।
सोरुममा ३ लाख २१ हजार रुपैयाँदेखि ४ लाख ९८ हजार रुपैयाँसम्मका सफारी राखिएको छ । फोहोर तथा सामान बोक्नेदेखि यात्रु बोक्नमिल्ने सफारीको शो–रुम विराटनगरका उद्योगी महेश जाजुले सञ्चालनमा ल्याएका हुन् ।
शो–रुम उद्घाटनको अवसरमा जाजुले विराटनगर महानगरपालिकालाई ४ लाख ९८ हजार रुपैयाँ पर्ने फोहोर संकलन गर्न मिल्ने सफारी प्रदान गर्नुभएको थियो । शो–रुम सञ्चालक जाजुले विद्युतीय व्यट्रीबाट सञ्चालन हुने सफारी बलियो र किफायती रहेको बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes