शौचालय चाहार्दै प्रदेशका सामाजिक विकासमन्त्री - Pahilo Online

शौचालय चाहार्दै प्रदेशका सामाजिक विकासमन्त्री

अवस्था देखेर अचम्मित

writer

विराटनगर, ९ फागुन। दैनिक जमघट हुने सरकारी सेवा तथा सुविधा लिन आउने सेवाग्राहीको भीड लाग्ने सरकारी कार्यालयमा रहेका शौचालयको अवस्था हेर्दा प्रदेश १ का सामाजिक मन्त्रीनै अचम्मित बन्नुभयो । राजनीति नेतृत्वमा रहँदा याद नगरिएको सार्वजनिक महत्वको विषय विभागीय मन्त्री भएर अनुगमन गर्न पुग्दा दुर्गती देख्नु परेपछि मन्त्री नै अचम्मित बन्नु परेको हो ।
प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि मन्त्रालय सम्हाल्ने कानुन नबन्दासम्म सार्वजानिक र सर्वसाधारणसँग जोडिएका समस्याको विषयमा अनुगमनमा जाने निर्णय प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले गर्नुभएको छ । निर्णय अनुसार विराटनगरका धेरै सरकारी कार्यालयमा पुग्दा स्वास्थ्य तथा सरसफाईको अवस्था नाजुक पाउनु देखेर आफैं छक्क परेको उहाँले बताउनुभयो ।
मन्त्रालयले सार्वजानिक स्थलहरुमा सेवाग्राहीले प्रयोगमा ल्याउने शौचालयको सफाई अवस्था, सामुदायिक विद्यालयमा विद्यार्थीको पढाई र सरसफाई तथा स्वास्थ्यको अवस्था अध्ययनका लागि छड्ने अनुगमन सुरु गरेको मन्त्री घिमिरेले बताउनुभयो । मन्त्रालयले शिक्षाबाट फडिन्द्र खत्री, स्वास्थ्यबाट चन्द्रदेव मेहता र सरसफाईबाट सहन महासेठलाई अनुगमन मूल्याकंन समितिको जिम्मेवारी दिएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा पुरस्कृत र दण्डित गरिने उहाँले जानकारी दिनुभयो ।
मन्त्रीसहितको टोलीले बुधबार विराटनगरस्थित मालपोत कार्यालय, कोशी अञ्चल अस्पताल, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक चौक र हाटखोलाको सार्वजानिक शौचालय, सरस्वती मा.वि. विराटनगर र कटहरीको बाबा जुट मिलको अनुगमन गरेको थियो । अनुगमन गर्दा अधिकांश कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने शौचालयको सरसफाईमा कुनै ध्यान दिने नगरिएको भेटिएको थियो ।
कोशी अञ्चल अस्पताल, साना विद्यार्थीहरु अध्ययन गर्ने सरस्वती मा.वि.मा पुग्दा शौचालयमा पान र गुट्खा खाएर थुक्ने गरेको अवस्थामा फोहोर शौचालय देख्नु परेको थियोे । ट्राफिक चौकमा रहेकोे सार्वजानिक शौचालयमा उभिन सकिने अवस्था नरहेको पाइयो । हाटखोलको सार्वजानिक शौचालय भने अपेक्षाकृत सरसफाईयुक्त देखिएपछि ट्राफिकचौकमा रहेको शौचालयका लागि मन्त्री घिमिरेले उदाहरण पेश गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes