कलर वाकथोनको तयारी - Pahilo Online

कलर वाकथोनको तयारी

writer

पहिलो अनलाइन

विराटनगर, ९ फागुन । विराटनगर राउण्ड टेबल ५ ले यस वर्षको कलर वाकथोन मार्च १ मा आयोजना गर्ने भएको छ ।
‘बालिकाको लागि शिक्षा’ मूल नारासहितको यस वर्षको कलर वाकथोन विराटनगर स्थित अतिथि सदनबाट सुरु हुनेछ ।
विभिन्न कार्यक्षेत्रका व्यक्तित्वहरुले सहभागी जनाउने कार्यक्रम विहान ७ बजे देखि सुरु हुनेछ । अनगिन्ती प्रतियोगीहरु सहभागी हुनसक्ने वाकथोनमा प्रतियोगीहरुले ५ किलोमिटर हिड्नेछन् भने हरेक किलोमिटर पश्चात उनिहरुलाई रंगसँग खेलाइनेछ ।
अघिल्लो वर्ष नेपाली सुपरस्टार राजेश हमाल मुख्य आकर्षक रहेको वाकथोनमा यस वर्षको मुख्य आकर्षणको स्वरूप मिस नेपाल निकिता चन्डक र भावना घिमिरे हुनेछन् । नेपाली नारीहरुलाई जीवनमा सफल बन्न वा केहि गरि विश्व सामु आफ्नो र देशको शिर उच्च राख्ने काम गर्न हौसला प्रदान गर्न उनीहरुलाई बोलाएको आयोजकले जनाएको छ ।
आयोजकले पछिल्लो वर्ष झैँ यस वर्ष पनि उत्साहपूर्ण सहभागीहरुको साथ् पाउने आशा गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes