एमाले र माओवादीबीच पार्टी एकताको सहमति - Pahilo Online

एमाले र माओवादीबीच पार्टी एकताको सहमति

writer

पहिलो अनलाइन

विराटनगर, ७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुने संभावना छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा पार्टी एकताको सहमति जुटेको हो ।
पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प्रचण्ड दुबै अध्यक्ष रहनेछन् । दुई नेताको पद सहअध्यक्ष वा द्विअध्यक्ष के भन्ने पार्टी एकता संयोजन समितिले टुंगो लगाउनेछ । दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको बताइएको छ ।
दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने पनि सहमति जुटेको छ । तर, अवधि तोकिएको छैन । एकजना प्रधानमन्त्री हुँदा अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति छ ।
जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता सहमत भएका छन् । त्यो विषयको छिनोफानो आगामी एकता महाधिवेशनबाट हुनेछ ।
दुई नेताबीच भएको सहमतिलाई अन्तिम रुप दिन आजै साँझ ७ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । कुनै तलमाथि नभए आजै एकताको घोषणा हुने उच्च स्रोतले जनाएको छ ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दुई नेताबीच पार्टी एकताको सहमति जुटेको पुष्टि गर्नुभएको छ । दुई अध्यक्षबीच भएको सहमति अनुमोदनको लागि एकता संयोजन समिति बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes