शिक्षाको गुणस्तर र अंग्रेजी मोह - Pahilo Online

शिक्षाको गुणस्तर र अंग्रेजी मोह

writer

रामजी पौडेल

यदि कसैले देश विकास र समृद्धिको सपना देख्छ भने उक्त देशको नेतृत्वकर्ताको ध्यान सर्वप्रथम शिक्षा क्षेत्रमा जानु जरुरी हुन्छ । शिक्षा नै विकासको मेरुदण्ड हो । कुनैपनि देश कति विकसित छ भन्ने कुरा पहिल्याउन सर्वप्रथम त्यस देशको शिक्षा प्रणाली कस्तो छ ? सो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति कति सवल, सक्षम र गुणस्तरीय छन् भन्ने हेर्नु जरुरी हुन्छ । शिक्षा क्षेत्रलाई वेवास्ता गर्ने अनि समृद्धिको सपना देख्ने सरकारको सपनाको औचित्य कति हदसम्म सहि छ रु सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ शिक्षालाई समृद्धि र विकासको बाहकको रुपमा सँगसँगै लैजानु हरेक नेतृत्व र देशको आवश्यकता हो । आवश्यक परेको खण्डमा शिक्षा प्रणाली वा यसका विविध आयामहरु नै परिवर्तन गर्न पनि नेतृत्व पछि पर्नुहुन्न ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, त्यस देशको शिक्षाको सुचक मानिन्छ, तर हाम्रो देशको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिनानुदिन खस्कँदैछ । यसका बारेका प्रमाण खोज्न धेरै टाढा जानुपर्दैन । मात्र कक्षा १० को हरेक वर्षको नतिजा विश्लेषण गर्ने हो भने पनि पर्याप्त आधारहरु पाउन सकिन्छ । एकातिर संस्थागत विद्यालयको गुणस्तर बढ्दै जानु अर्कातर्फ सरकारको सबैभन्दा धेरै प्रत्यक्ष लगानी भएको सामुदायिक विद्यालयको गुणस्तर र नतिजा सन्तोषजन नआउनु पक्कै पनि राम्रो संकेत होइन । तर, यसो भन्दैमा अत्तालिहाल्ने स्थिति पनि होईन । किनकी यो वर्तमान तीनवटै ९संघ, प्रदेश, स्थानीय० सरकारको लागि एउटा चुनौती त हो हो । साथै स्तर उकास्ने सुनौलो अवसर पनि हो ।
मन्त्रालय सम्हाले लगत्तै प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आधारभुत तह अंग्रेजी माध्यममा पठनपाठन गर्ने व्यवस्था मिलाउने घोषण गर्नुभएको छ । के माध्यम भाषा नै शैक्षिक गुणस्तरको कडि हो त रु अंग्रेजी भाषालाई शिक्षाको माध्यम भाषा बनाउनु कति उपर्युक्त छ रु शिक्षा क्षेत्रका अन्य विकराल समस्याहरुलाई नजरअन्दाज गरि भाषामा दोष देख्नु दृष्टिदोष शिवाय अरु केही हुन सक्दैन । शिक्षा क्षेत्रमा सुधार गर्नुछ भने शिक्षाको माध्यममा हैन यसको व्यवस्थापन, अनुगमन, परीक्षा प्रणाली, शिक्षकको दक्षता र क्षमता, शिक्षक छनोट लगायतका विविध क्षेत्रमा विषेश ध्यान दिनु आवश्यक छ । आधारभुत तहसम्म अंग्रेजी भाषामा शिक्षा दिने नीति ल्याउछु र गुणस्तर सुधार गर्छु भन्नु नेपाली समाजमा अंगे्रजी आतंकको प्रभाव कति छ भन्ने प्रष्टै देख्न सकिन्छ । केही हदसम्म यो फाईदाजनक होला । तर, धेरै मानेमा अंग्रेजी शिक्षा हाम्रो जस्तो बहुभाषिक, बहुजातीय राष्ट्रका लागि झनै घातक सिद्ध हुनेछ । यसबारेमा केही विश्लेषणात्मक आधारहरु यहाँ प्रस्तुत गरिएका छन् ।
सिकाईको गति ः शिक्षाको आधारभुत सिद्धान्त र भाषा विज्ञानका दृष्टिकोण अनुसार भन्ने हो भने बालवालिकाले दोस्रो वा अन्य भाषामा भन्दा आफ्नो मातृभाषामा कुनै पनि कुरा छिटो र राम्रो सिक्न सक्दछ, जुन स्वयं सिद्ध तथ्य हो ।
सामाजीकिकरण ः विद्यार्थीको सामाजिकीकरणको विकास, विषयवस्तुलाई बुझ्ने क्षमता अन्य भाषामा भन्दा मातृभाषामा बढि हुन्छ । मातृभाषा बाहेक अन्य भाषा तल्लो कक्षामा अनिवार्य गरिदा ऋयmmगलष्अबतष्यल न्बउ को स्थिति सृजना हुन्छ । तसर्थ त्यस्तो शिक्षा विद्यार्थीका लागि फलदायी हुन सक्दैन ।
भाषा महत्वपुर्ण कि विषयवस्तुः विद्यार्थीलाई हामिले भाषा सिकाउने कि विषयवस्तु रु महत्वपूर्ण कुरा पनि यहि हो । उदाहरणको लागि कुनै विषयवस्तु विद्यार्थीलाई सिक्नु छ भने पहिला उ आफैमा भाषामा निपुर्ण हुनु जरुरी छ, किनकी भाषा नजानी विषयवस्तु शिक्षण गर्नु भालुलाई पुराण सुनाए जस्तै हुन्छ । वालवालिकाहरुलाई विषयवस्तुको अवधारणा बुझ्ने भन्दा पनि पहिला भाषा मै समस्या हुने र विषयवस्तुको गहिराई भन्दा महत्वपूर्ण भाषा लाग्ने भएकोले शिक्षण अप्रभावकारी हुन जान्छ । फलस्वरुप छलफलको गहिराईसम्म विषयवस्तुलाई ग्रहण गर्न सक्दैन जति उ आफ्नो भाषामा छलफल गर्दा बुझ्न सक्दछ ।
सृजनात्मकतामा ह्रास ः मौलिकपन, वाकपटुता, लेखाई, वादविवाद, छलफल, समूह सिकाई जस्ता विषयवस्तुहरु अंग्रेजी माध्यमका कक्षाहरुमा नगन्यमात्रामा अभ्यास हुने अवसर प्राप्त हुन्छन् । आफ्नो भाषामा जति कुनै टपिकमा विद्यार्थीले आफ्नो मौलिकपन प्रस्तुत गर्नसक्छ, छलफलमा भाग लिनसक्छ, त्यति अन्य भाषामा गर्न सक्दैन र उसको सृजनात्मकतामा ह्रास आँउछ । अनि विद्यमान संस्थागत विद्यालयमा भएको घोकन्ते सिकाई प्रणाली हावी भई कक्षामा ऋयmmगलष्अबतष्यल न्बउ को स्थिति सृजना हुन्छ जुन कलिलो मस्तिष्क भएका बालवालिकाहरु जो आफै जिज्ञासा, खोज, छलफल र अनेकौ प्रश्नका माध्यमवाट उत्तरको अपेक्षा गर्ने हुन्छन् । उनीहरुको दिमागमा दिमागमा नकरात्मक सन्देश प्रवाह हुन्छ ।
भाव ः यदि कुनै समूहमा कुनै टपिकलाई अंग्रेजीमा अध्यापन गराईयो र सोही टपिकलाई फरक समूहमा नेपालीमा अध्यापन गराईयो भने त्यस विषयवस्तुले दिन खोजेको भावमा केही फरक पर्छ र रु यदि माध्यम फरक हो दिन खोजेको विषयवस्तु उहि हुन्छ भने, माथि उल्लेखित कुराहरुलाई नजरअन्दाज गरि गरि अन्य भाषा किन प्रयोग गर्ने रु आफ्नै भाषा किन प्रयोग नगर्ने रु
मौलिकपन र संस्कृतीको रक्षा ः जसरी अहिले संस्कृत भाषाले आफ्नो प्रभुत्व गुमाएर एउटा मृत भाषाको रुपमा रुपान्तरण हँुदैछ, त्यसरी नै अंग्रेजी भाषालाई सुरुका कक्षाहरुमा नै माध्यम भाषा बनाउँदा अंग्रेजीको प्रभुत्व त बढ्छ नै । नेपाली भाषा वा अन्य मातृभाषाको स्तर केही दशक पछि कुन स्थितीमा पुग्छ रु के हामी नेपाली भाषा वा हाम्रा मातृभाषाका लिपिहरु देखाउन आफ्ना बालवच्चालाई संग्रालयको ढोका चाहार्ने बनाउने रु तसर्थ कला, संस्कृति, भाषा, रितिरिवाज आदि कुनैपनि देशका गहना हुन् । यसको जगेर्ना गर्नु हरेक नागरिक र जिम्मेवार निकायको दायित्व हो । होईन ररु
अवको वाटो ः सरकारले ९स्थानीय, प्रदेश, संघ० अंग्रेजी भाषामा शिक्षा दिई शैक्षिक गुणस्तर सुधार्छु भन्नु आफैमा लाज मर्नु हो । होला अंग्रेजीको प्रभाव विश्वव्यापी छ, तसर्थ विश्वस्तरीय जनशक्ति उत्पादन गर्न अंग्रेजी भाषामा पनि निपुर्णता ल्याउनु जरुरी छ । तर, जरुरी छ भन्दैमा ईतिहास, भुगोल, सामाजिक शिक्षा, नैतिक शिक्षा, पूर्वव्यवसायिक शिक्षा, जनसंख्या शिक्षा लगायत विषयहरु जुन विषयले विद्यार्थीको रचनात्कताको विकास गर्न सघाउ पु¥याउछ, जसले आफ्नो देशको कला संस्कृति, इतिहास, भुवनोटको ज्ञान दिलाउछ, जसले नैतिक मार्ग अपनाउन सघाउ पु¥याउँछ ति विषय पनि अंग्रेजी माध्यमबाट शिक्षण गर्नु युक्तिसंगत छैन । अबका सरकारले शिक्षा क्षेत्रलाई बढि से बढि महत्वका साथ राख्नु जरुरी छ । त्यो पनि आधारभुत तहमा । अंग्रेजी शिक्षा हैन कि विद्यार्थीको चौतर्फी विकासको लागि संभव भएसम्म अधारभुत तहसम्म मातृभाषा र नेपाली भाषा मै ९अनिवार्य अंग्रेजी बाहेक र केही हदसम्म गणित, विज्ञान र लेखा बाहेक० शिक्षा दिनु शैक्षिक मनोविज्ञानका हिसावले र उपर्युक्त हुनेछ ।
शिक्षा क्षेत्रमा भएको चरम राजनीतिकरण, अस्थायी शिक्षकका समस्या हल, वैज्ञानिक परीक्षा प्रणाली, युग अनुकुलको व्यवसायिक शिक्षा, गरिब तथा जेहेन्दार छात्रवृत्ति, प्रोत्साहनका कार्यक्रमहरु, बालमैत्री विद्यालय भवन र सिकाई प्रणाली, शिक्षामा पर्याप्त लगानी आवश्यक छ । नियमित अनुगमन, शिक्षकलाई राजनीतिमा प्रवेश बन्देज, नतिजामुखी भन्दा उद्देश्यमुखी शिक्षण सिकाई प्रणाली आदि कुराहरुमा ध्यान दिनु अहिलेको आवश्यकता हो । त्यसतर्फ ध्यान नदिएर खाली माध्यम भाषालाई मात्र त्रुटी देख्नु शिक्षालाई झन भल्खाडोमा हाल्ने संकेत हो । साथै शिक्षाको क्षेत्रमा राम्रो नेतृत्वको संकेत पनि यो होईन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes