पत्रकारविरुद्ध दुष्प्रचार भएको भन्दै सञ्चार क्लब नेपालको आपत्ति - Pahilo Online

पत्रकारविरुद्ध दुष्प्रचार भएको भन्दै सञ्चार क्लब नेपालको आपत्ति

writer

पहिलो अनलाइन

उर्लाबारी, मोरङ । पत्रकारिता क्षेत्र र पत्रकारहरूको प्रतिष्ठामाथि आँच पुर्याउने गरी सामाजिक सञ्जालमार्फत भ्रामक तथा आपत्तिजनक सामग्री प्रचार गरिएको भन्दै सञ्चार क्लब नेपाल, उर्लाबारीले गम्भीर आपत्ति जनाएको छ।
क्लबले जारी गरेको प्रेस विज्ञप्तिमा उर्लाबारी–६ बस्ने धनुष महतोले पत्रकारिता पेशा र उर्लाबारीका पत्रकारहरूलाई लक्षित गरी अनावश्यक लाञ्छना लगाउने, गालीगलौज गर्ने तथा पत्रकारिताको मूल्य, मान्यता र आचारसंहिताविपरीत सामग्री सामाजिक सञ्जालमार्फत फैलाउने कार्य गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा यस्ता गतिविधिले पत्रकारहरूको व्यक्तिगत प्रतिष्ठा, सामाजिक जीवन र पत्रकारिताको मर्यादामा गम्भीर असर पुर्याउने जनाइएको छ। पत्रकारितासम्बन्धी कुनै विषयमा असहमति भए सम्बन्धित निकाय र कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा क्लबले जोड दिएको छ।
सञ्चार क्लब नेपालले सामाजिक सञ्जालको दुरुपयोग गर्दै पत्रकारलाई लक्षित गरी भ्रम फैलाउने, चरित्रहत्या गर्ने र अपमानजनक सामग्री प्रसारण गर्ने कार्य तत्काल रोक्न आग्रह गरेको छ। यस्ता गतिविधि नरोकिए कानुनी उपचारको बाटो अपनाइने चेतावनीसमेत दिइएको छ।
क्लबले सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको पक्षमा आफूहरू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै पत्रकारिताको मर्यादा र प्रेस स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ।
प्रेस विज्ञप्तिमा सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी र महासचिव पुजन दासको हस्ताक्षर रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles