५० प्रतिशत अनुदानमा माछा भुरा वितरण - Pahilo Online

५० प्रतिशत अनुदानमा माछा भुरा वितरण

नगरपालिकाद्वारा स्थानीय माछापालन प्रवर्द्धनमा जोड

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकाको पशु पन्छी तथा मत्स्य शाखाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत मागमा आधारित ५० प्रतिशत अनुदानमा माछा भुरा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाले स्थानीय स्तरमा माछापालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देविमाया काफ्लेको उपस्थितिमा किसानलाई माछा भुरा वितरण गरिएको हो।

मत्स्य प्राविधिक सहायक जनक चौधरीका अनुसार नगरभित्र माग प्राप्त भएका १० वटा स्थानमा माछा भुरा वितरण गरिएको छ। कार्यक्रममार्फत माछापालनमा संलग्न किसानलाई व्यवसाय विस्तार गर्न तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको व्यावसायीकरणलाई प्राथमिकता दिँदै विभिन्न अनुदानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत माछा भुरा वितरण कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

कार्यक्रमले स्थानीय स्तरमा माछापालन व्यवसायलाई थप प्रोत्साहन मिल्नुका साथै माछा उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जन बढाउन टेवा पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles