पथरी शनिश्चरे । नगरको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका सदस्यहरुका लागि सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा आज विहीबार नगरको सभहलमा सो कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर भित्र स्थापित सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नगर सहकारी शाखा प्रमुख केशवदेवी धमलाले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रम पश्चात् सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले गर्नुभएको थियो ।



