शनिश्चरे, मोरङ । स्थानीय राधाकृष्ण मन्दिर व्यवस्थापन समिति तथा महिला जागृति भजन–कीर्तन मण्डलीको नयाँ समिति चयन गरिएको छ । आइतबार सम्पन्न भेलाले दुवै संस्थाको नयाँ नेतृत्व चयन गर्दै विभिन्न निर्णयसमेत पारित गरेको हो ।
भेलाले राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा छत्रबहादुर बस्नेतलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा यसोदा घिमिरे राया, सचिवमा रामप्रसाद न्यौपाने, सहसचिवमा ज्ञानबहादुर विष्ट तथा कोषाध्यक्षमा देवी कटुवाल पौडेल चयन भएका छन् । सदस्यहरूमा मित्रप्रसाद अधिकारी, हस्तबहादुर कालिकोटे, पवित्रादेवी गुरुङ, कृष्णप्रसाद निरौला, इन्द्रबहादुर खड्का र लक्ष्मीप्रसाद भट्टराई रहेका छन् ।
यसैगरी, महिला जागृति भजन–कीर्तन मण्डलीको अध्यक्षमा दिलबहादुर कटुवाललाई चयन गरिएको छ । मण्डलीको उपाध्यक्षमा अम्बिका कार्की , सचिवमा दल बहादुर न्यौपाने, सहसचिवमा गीता अधिकारी तथा कोषाध्यक्षमा अस्मीता थापा चयन हुनुभएको छ । अन्य सदस्यहरूमा नवराज खड्का, रविन कार्की, तारा निरौला, टिका रसाइली, विना मगर, केशव भट्टराई, मानबहादुर कार्की, सरिता कठेत रहेका छन् ।
भेलाले व्यवस्थापन समिति तथा भजन–कीर्तन मण्डलीका लागि छुट्टाछुट्टै सल्लाहकार समिति समेत गठन गरेको छ । व्यवस्थापन समिति सल्लाहकारमा फत्तबहादुर कार्की, इन्द्रबहादुर खड्का, रत्नमाया खड्का, कृष्णबहादुर बस्नेत, भक्तबहादुर मगर चयन भएका छन् ।
त्यस्तै, भजन–कीर्तन मण्डली सल्लाहकार समितिमा प्रमिला न्यौपाने, इन्दिरा कार्की, अम्बिका भण्डारी, रुद्रबहादुर कार्की, बलबहादुर बस्नेत, नेत्रकुमारी कार्की र इन्द्रबहादुर धिमाल चयन भएका छन् ।
भेलाले मन्दिर व्यवस्थापनलाई थप व्यवस्थित बनाउने, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई नियमित सञ्चालन गर्ने तथा भजन–कीर्तन कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको जनाएको छ ।


