प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले अन्य सांसदलाई सपथ गराउने - Pahilo Online

प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले अन्य सांसदलाई सपथ गराउने

writer

पहिलो अनलाइन

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको चुनावको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसदहरुको नाम सार्वजनिक गरेसँगै फागुन २१ गतेको निर्वाचनबाट २७५ जना सांसद चुनिएको टुंगो लागेको हो ।

आयोगले बुधबारसम्ममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चुनावी प्रतिवेदन बुझाउने तयारी गरेको छ। नवगठित प्रतिनिधिसभामा जेष्ठ सदस्य कांग्रेसका अर्जुननरसिंह केसी हुने भएका छन् । ७८ वर्षे केसीले संसद्को जेष्ठ सदस्यका रुपमा सभामुख चयन नभएसम्म बैठककको अध्यक्षता गर्नेछन् भने उनैले अन्य सांसदलार्ई सपथ गराउनेछन् ।

कांग्रेसको समानुपातिकतर्फबाट सांसद चुनिएका केसी काँग्रेस सभापति गगन थापाका ससुरा हुन् । उनले राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि बाँकी सांसदहरुलाई प्रतिनिधिसभाको पहिलो बैठकमा शपथ ग्रहण गराउनेछन् ।

२००४ सालमा नुवाकोटको ओखरपौवामा जन्मिएका केसी पञ्चायतकालमै राज्यमन्त्री बनेका थिए। २०२१ सालदेखि विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा आएका केसी त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिसमेत भएका थिए।

पूर्वपञ्च केसी २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछि कांग्रेसमा लागेका थिए । उनी पटक–पटक सांसद बनेका छन्। केसीले स्वाथ्य, शिक्षा र सहरी विकाससहितका मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन्।

२०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी नुवाकोटबाट निर्वाचित भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव जितेर फेरि संसद् पुगे । २०७९ सालको निर्वाचनमा पनि उनी प्रतिनिधिसभा सदस्य भएका थिए ।

नुवाकोटबाट–२ बाट भाइ जगदीश्वर केसीलाई प्रत्यक्षबाट सिफारिस गरेर केसीले आफ्नो नाम समानुपातिक सूचीमा राख्न लगाएका थिए । समानुपातिक सूचीतर्फ खस आर्य ‘क्लष्टर’मा उनको नाम पहिलो नम्बरमा समावेश थियो । उनका भाई भने पराजित भए ।

केसीपछि प्रतिनिधिसभामा नेकपाका समानुपातिक सांसद परशुराम तामाङ ७३ वर्ष, म्याग्दीबाट स्वतन्त्र चुनाव जितेका महावीर पुन ७१ वर्ष, एमालेको समानुपातिक सांसद पुष्प कँडेल ७१ वर्ष र नेकपाका प्रमेश हमाल ७१ वर्ष, नेकपाका संयोजक प्रचण्ड ७१ वर्षका सांसद हुन् । यो संसदमा धेरै भने ५० वर्षभन्दा कम उमेरका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles