पत्रकारमाथि आक्रमण गर्ने युवराज पाठक धरौटीमा रिहा - Pahilo Online

पत्रकारमाथि आक्रमण गर्ने युवराज पाठक धरौटीमा रिहा

writer

पहिलो अनलाइन

विराटनगर । झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा पत्रकार अर्जुन आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने मुख्य अभियुक्त युवराज पाठक धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको इजलासले सोमबार प्रतिवादी पाठकलाई पाँच हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएका हुन्।

धरौटी रकम बुझाएपछि पाठक रिहा भएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईँले जानकारी दिए।
पत्रकार आचार्यमाथि आक्रमण गर्ने पाठकलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धान प्रक्रिया पूरा गरी आज जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोगपत्र बुझाइएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय झापामा भएको बहसपछि पाठकलाई धरौटीमा छोड्ने आदेश भएको हो।
झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा लुकेर बसेको अवस्थामा प्रहरीले पाठकलाई पक्राउ गरेको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भइरहेको ‘घरदैलो’ अभियानको समाचार संकलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते कमल गाउँपालिका–६, जीवनचोकमा आक्रमण भएको थियो। एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’का सदस्यहरूले आचार्यलाई मुक्का र बुट प्रहार गरी घाइते बनाएका थिए।
आचार्य रातोपाटी डटकमका कोशी प्रदेश प्रमुख तथा हाम्रोमत डटकमका कार्यकारी सम्पादक हुन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles