रास्वपाका कार्कीद्वारा विद्यालय र क्याम्पसमा सरस्वती पूजा गर्दै शिक्षामा जोड - Pahilo Online

रास्वपाका कार्कीद्वारा विद्यालय र क्याम्पसमा सरस्वती पूजा गर्दै शिक्षामा जोड

writer

पहिलो अनलाइन

 

पथरी शनिश्चरे । मोरङ क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले आफ्नो गृह वडा पथरी शनिश्चरे–४ मा अवस्थित भागिरथ माध्यमिक विद्यालयमा सरस्वती पूजा गरेका छन् ।

सरस्वती पूजाको अवसरमा उम्मेदवार कार्कीले भागिरथ माध्यमिक विद्यालयमा नयाँ भर्ना हुने बालबालिकालाई अक्षराम्भसमेत गराएका थिए । सो अवसरमा उनले शिक्षाले व्यक्तिको जीवन मात्र होइन, समाज र देशको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

भागिरथ माध्यमिक विद्यालयबाटै अक्षराम्भ गरेका कार्कीले सोही विद्यालयबाट एसएलसी परीक्षामा फस्ट डिभिजन ल्याउँदै साविकको शनिश्चरे गाविस टप गरेका थिए । आफ्नो शैक्षिक यात्राको सुरुवात यही विद्यालयबाट भएको भन्दै उनले विद्यालयप्रति कृतज्ञता व्यक्त गरे ।

यसैबीच, उम्मेदवार कार्कीले पथरी बहुमुखी क्याम्पसमा पनि सरस्वती पूजा मनाएका छन् । पूजा कार्यक्रममा सहभागी हुँदै उनले शिक्षाको महत्व र सामाजिक रूपान्तरणका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे ।

कार्यक्रममा उपस्थित विद्यार्थीहरूले कार्कीप्रति सकारात्मक धारणा व्यक्त गर्दै उनको सामाजिक तथा शैक्षिक योगदानको प्रशंसा गरेका थिए । साथै, देशलाई परिवर्तनको गतिमा अघि बढाउन आफूहरू पनि साथ दिने प्रतिबद्धता विद्यार्थीहरूले व्यक्त गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles