‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण - Pahilo Online

‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ र ९ मा न्यानो कपडा वितरण गर्नुभएको छ ।
नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत उप–प्रमुख काफ्लेको अध्यक्षतामा ती दुई वडामा न्यानो कपडा वितरण कार्यक्रमको उद्घाटन गरिएको हो । वडा नं. ९ को कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा वडाका चार वटा विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
उक्त वितरण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, वडा सदस्यहरू जंगबहादुर कार्की, कृष्णमाया नेपाली दर्जी, गणेश लिम्बु तथा वडा सचिव दीर्गराज रायको उपस्थिति रहेको थियो ।
यसैगरी वडा नं. ८ मा पनि वडाका विपन्न विद्यार्थी तथा विपन्न ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । उक्त कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष तथा प्रवक्ता नविन कार्की, वडा सदस्यहरू बाबुराम चौधरी, शान्ता योङहाङ, झमकबहादुर लिम्बु, शिवकुमारी विश्वकर्मा तथा वडा सचिव बालकृष्ण राईको उपस्थिति रहेको थियो ।
उप–प्रमुख काफ्लेले भोलि वडा नं. ५ र ६ का कार्यालयहरूमा समेत न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयो । नगरपालिकाले प्रत्येक वर्ष नगरभित्रका विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles