मोरङ/ मोरङको ग्रामथान गाउँपालिका झोराहाट स्थित साना किसान सहकारी संस्था लिमिटेड को २७औं साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ। यस सहकारी संस्था ले ९६ लाख ८६ हजार १ सय ८४ रूपैयाँ आम्दानी गरेको छ।
सहकारीमा १४० समुह रहेको छ। सदस्य संख्या ५ सय २५ रहेको छ।यस सहकारी ले समुह बचत, व्यक्तिगत बचत, दैनिक बचत लगायतका बचत खाता संचालन गरेको छ। सहकारी ले सहकारीका सदस्यहरू लाई स्वाबलम्बन कर्जा १० प्रतिशत, पशुपालन कर्जा ७ प्रतिशत,लधु कर्जा १३ प्रतिशत, तरकारी खेती कर्जा ७ प्रतिशत लगायत कर्जामा ऋण लगानी गरिरहेको छ।
सहकारी संस्था २०३९ सालदेखि नै ५ रुपैयाँ बचत गर्न सिकाउने झोराहाटको पहिलो सहकारी संस्था हो। यस सहकारी संस्थाले २०४३ साल देखि कृषि विकास बैंकको आयोजना हुदै २०५४ देखि सहकारी संस्थामा आवद्ध भई हाल सम्म बिषेश गरी महिला हरुलाई सहभागी गराई यस सहकारी संस्थाले कारोबार गरिरहेको सहकारी संस्था हो ।



